Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेकै सांसदले ओलीलाई घात गरी प्रचण्डको आदेश मान्दा शाहीको पद जोगियो !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका चार प्रदेश सांसदले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

मुख्यमन्त्री शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

शाहीलाई आफ्नो पद जोगाउन ३९ सदस्यीय प्रदेशसभामा २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर, मुख्यमन्त्री शाहीले २२ मत पाए ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ सांसद, नेपाली कांग्रेसका ६ सांसद र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका ४ सांसदले शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन्।

मुख्यमन्त्री शाहीको पक्षमा नेपाल समूहका प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मतदान गरेका हुन् ।

मतदान प्रक्रियामा तत्काल कायम रहेको प्रदेशसभाको ३९ सदस्य मध्ये ३७ जना सहभागि भएका थिए।

शाहीले राखेको प्रस्तावको विपक्षमा एमालेका १५ सांसदले मतदान दिए। प्रदेशसभामा एमालेका तर्फबाट सदस्य रहेका सभामुख र राप्रपाका एक सदस्यले मतदान गरेनन्।

उनीहरुले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अटेर गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानेर मुख्यमन्त्री शाहीलाई समर्थन गरेका हुन्। जसका कारण मुख्यमन्त्री शाहीको पद जोगियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४