Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आमा बन्दै ऋचा शर्मा, बितेकी आमा सम्झँदै लेखिन् भावुक स्टाटस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 11.4K
    SHARES

काठमाडौं । नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । चर्चित रियालिटी शो कमेडी च्याम्पियनकी निर्णायकसमेत रहेकी शर्माले आफू आमा बन्न लागेकोमा खुसी व्यक्त गरेकी छन् ।

बुधबार सामाजिक सञ्जालमा श्रीमान् दिपेक्षविक्रम राणासँग सजीवनको रुखमा पानी हाल्दै गरेको तस्वीर सेयर गर्दै शर्माले सबैसँग आशिर्वादको अपेक्षा गरेकी छन् । उनले एउटा जीवनलाई स्वरूप दिएर जीवन्त बनाउन पाउनु सौभाग्यको कुरा भएको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस्, आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन ।’

नायिका शर्माले आमा बन्न लागेको खबर बाड्न पाउँदा खुसी भएको बताएकी छन् । उनी लेख्छिन्, ‘आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ । आज तपाईंहरु माँझ यो खुसी बाँडन पाउदा सम्पूर्ण महसुश भइरहेको छ ।’

एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा भएको नायिका शर्माको भनाइ छ । उनी अगाडि थप्छिन्, ‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौं । यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस् भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

नायिका शर्माले गतवर्ष बितेकी आफ्नी आमालाई सम्झँदै लेख्छिन्, ‘आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठुली भई ।’’

ऋचा र दिपेक्षको गतवर्ष मंसिरमा विवाह भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४