Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेसन्स् टी–ट्वान्टी सिरिजमा सहभागी हुन नेदरल्याण्ड र मलेसियाको टोली काठमाडौंमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 10.1K
    SHARES

काठमाडौं । बैशाख ४ गतेदेखि हुन लागेको थ्री नेसन्स् टी–ट्वान्टी सिरिजमा सहभागी हुन नेदरल्याण्ड र मलेसियाको टोली मंगलबार काठमाडौं आइपुगेको छ ।

नेदरल्याण्डको टोली बिहान काठमाडौं आइपुगेको हो भने मलेसियाको टोली दिउँसो काठमाडौं आइपुगेको हो ।

नेसन्स् टी–ट्वान्टी सिरिजमा सहभागी हुन नेदरल्याण्ड र मलेसियाको टोली काठमाडौंमा
मलेसियकाे राष्ट्रिय क्रिकेट टाेली

काठमाडौंमा अवतरण गरेका खेलाडीहरू कोभिड–१९ को प्रोटोकलमा रहनेछन् । होटल सोल्टीमा बस्ने दुवै टिमको बुधबार पिसिआर टेस्ट हुनेछ । त्यसपछि मात्र उनीहरूसँग अन्य व्यक्तिले भेट गर्ने पाउनेछन् ।

नेसन्स् टी–ट्वान्टी सिरिजमा सहभागी हुन नेदरल्याण्ड र मलेसियाको टोली काठमाडौंमा
नेदरल्यान्ड्सको राष्ट्रिय क्रिकेट टोली

कपमा नेदरल्यान्ड्स, नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । कोरोनाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प भएको बेला क्यानले त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कपको पहिलो दिन नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । खेल अपरान्ह सवा एक बजेदेखि सुरू हुनेछ । बैशाख ५ गते हुने खेलमा नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुने तालिका छ ।

डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा बढी अंक जोड्ने दुई टिमबीच बैशाख ११ मा फाइनल खेल हुनेछ ।

नेसन्स् टी–ट्वान्टी सिरिजमा सहभागी हुन नेदरल्याण्ड र मलेसियाको टोली काठमाडौंमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४