Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनको २५ लडाकु विमान ताइवानी हवाइ क्षेत्रमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 4.2K
    SHARES

एजेन्सी । ताइवानले २५ भन्दा बढी चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको छ ।

२५ विमानमध्ये कतिपयमा परमाणु हतियार समेत ओसारपसार गर्न मिल्ने रहेको उसको दाबी छ । ताइवानले पछिल्लो एक वर्षमा चीनको तर्फबाट आफूमाथि आक्रमण भइरहेको बताउँदै आएको छ ।

चीनले ताइवानलाई एक चीन नीतिअन्तर्गत आफ्नो भू–भाग मानेको छ भने ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक भन्दै आएको छ ।

सोमबार चीनको विमान घुसपैठमा १८ लडाकु जेट, ४ बमवर्षक, २ एन्टी सबमरीन र समयभन्दा अगाडि नै चेतावनी दिने एक विमान भएको ताइवानको भनाइ छ । चीनको विमानलाई चेतावनी दिन आफ्नो लडाकु विमान पठाइएको र निगरानीको लागि मिसाइल सिस्टम तयार पारेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनले हालसालै दक्षिणी चीन सागरमा दक्षिणी ताइवान र ताइवान नियन्त्रित प्रतास द्वीपको मध्य भागमा आफ्नो विमान पठाएको थियो । सोमबार पनि २५ विमानले प्रतास द्वीपसम्म उडान भरेको बीबीसीले जनाएको छ ।

अमेरिकाले चीनले ताइवानमाथि गरेको आक्रमणको विषयमा चिन्ता व्यक्त गरेको एक दिन पछि चीनले पुनः ताइवानमा २५ विमान पठाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४