Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०७७
  • 3.3K
    SHARES

एजेन्सी । बलिउडका अभिनेता अक्षय कुमार कोरोनाबाट संक्रमित भएका छन् । अक्षय कुमार आफैले सामाजिक संञ्जालबाट संक्रमित भएको जानकारी दिएका हुन् ।

हाल आफू होम क्वारेन्टिनमा रहेको र सबै नियम पालना गरेको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘आज बिहान मेरो रिपोर्ट पोजेटिभ आयो । सबै प्रोटोकल्सको पालना गर्दै होम आइसोलेसनमा बसेको छु । म घरकै क्वारेन्टिनमा छु ।

अक्षयले उनीसँग सम्र्पकमा आएका सबैलाई कोरोना जाँच गराउन र आफ्नो ध्यान दिन आग्रह गरेका छन् । हाल अक्षय कुमारको ४ फिल्महरुको काम अन्तिम चरणमा रहेका छन् ।

 

अहिले भारतमा कोरोना संक्रमण झन् फैलिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण र ५ सय १३ जनाले ज्यान गुमाएका छन् । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका छन् ।

साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा संक्रमित हुने ठाउँअन्तर्गत महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४