Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफ्रिकामाथि पाकिस्तानकाे जीत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 3.1K
    SHARES

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । सेन्चुरिएनमा अफ्रिकाले दिएको २७४ रनको मध्यम लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर निर्धारित ५० रनमा नै भेट्टायो ।

कप्तान बाबर अजामले शतक बनाएपछि पाकिस्तानका लागि जीत नजिक पुग्न सहज भएको हो । पाकिस्तानलाई अजामले १०३ रनको शतकीय पारी खेले । १०४ बल खेलेका आजामले १७ चौकाको मद्दतमा शतक बनाएका हुन् ।

यस्तै इमाम उल हकले ७० रनको योगदान दिए । दक्षिण अफ्रिकाका एनरिक नोट्जेले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७३ रन बनाएको थियो ।

उसका लागि रसी भानडेर डुसेनले शतक बनाए । उनले १२३ रनको शतकीय पारी खेल्दा डेभिड मिलरले ५० रन बनाए । पाकिस्तानका शहिन अफ्रिदी र ह्यारिस रउफले समान दुई दुई विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४