Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बीबीसीका पत्रकार आङ् थुरा सेनाको नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 6.1K
    SHARES

काठमाडौं । म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ ।

सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा राजधानी नेपिद्अमा एउटा अदालतबाहिर रहेर समाचार संकलन गर्ने क्रममा उनलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

आङ् थुरासँगै स्थानीय समाचार निकाय मिजिमाका पत्रकार थान आङ्लाई पनि पक्राउ गरिएको बताइएको छ । उनलाई पक्राउ गरिएकोप्रति बीबीसीले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ ।

देशका अन्य भागहरुमा भइरहेका पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ । म्यानमारमा फेब्रुअरीमा सेनाले कू गरेयता ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन् । १६ जना पत्रकार अझै हिरासतमा रहेका छन् भने सेनाले पाँचवटा सञ्चार कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४