Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सी’ डिभिजन लिगमा वीरगंजनको विजयी सुरुवात


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा वीरगंज युनाइटेडले विजयी सुरुवात गरेको छ ।

सोमबार भएको खेलमा सानेपा क्लबलाई ३–२ गोलले पराजित गर्दै वीरगंजले विजयी सुरुवात गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा वीरगंजलाई जित दिलाउन विवेक चौधरी, सञ्जय चौधरी र आशालाल कुँवरले १–१ गोल गरे । सानेपाका उज्वल लामा र करण तामाङले १–१ गोल फर्काए ।

खेलको १० औं मिनेटमा विवेकले गोल गर्दै वीरगंजलाई अग्रता दिलाउँदा २४ औं मिनेटमा उज्वलले पेनाल्टीमा गोल गर्दै सानेपालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ३२ औं मिनेटमा संजयले गोल गरेपछि वीरगंजले पुन अग्रता लिँदै २–१ को अन्तर कायम राख्यो ।

खेलको ३९ औं मिनेटमा आशालालले गोल गर्दै वीरगंजलाई ३–१ को अग्रता दिलाउँदा दोस्रो हाफको पहिलो मिनेटमा सानेपाका करणले गोल गरेपछि वीरगंज ३–२ ले विजयी भयो । जितसँगै वीरगंजले पहिलो खेलबाट तीन अंक जोडेको छ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४