Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको बैठकमा बादललगायतलाई कारवाही र पार्टीको नाम फेर्ने प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 2.4K
    SHARES

काठमाडौं,/  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सघाउन पुगेका रामबहादुर थापासहितका नेतालाई कारबाही गर्ने प्रस्ताव लगिएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पनि पेश गरिएको छ ।

अदालतले माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासनको कार्बाहीबारेको प्रस्ताव राखिएको हो ।

शनिबार बसेको स्थायी कमिटी बैठकले ओलीतिर लाग्ने गृहमन्त्री थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टीकरण सोध्दै मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखे पनि अर्कै पार्टीको नाम राखेको भन्दै सर्वोच्च अदालतले करिब तीन वर्षपछि उक्त नाम ओली–दाहाल अध्यक्ष रहेको दललाई दिन नमिल्ने भनि एमाले र माओवादी केन्द्रको एकतालाई नै शून्यमा पु¥याइदिएको थियो ।

आजको बैठकमा पार्टीको नाम फर्नेदेखि पार्टी एकतासम्मका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेमा प्रधानमन्त्री केपी ओली माधव नेपाल पक्षका नेताहरुलाई कार्वाही गर्दै जिम्मेवारी खोसेपछि त्यहाँ फेरि विभाजन हुने अवस्था सृजना भएको छ । यस्तोमा नेपाल पक्षसँग एकताका लागि ढोका खोल्न पनि पार्टीको नाम फेर्न खोजिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४