Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा नेपाली उबर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २८ २०७७
  • 3K
    SHARES

एजेन्सी, / क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी छन्। चालकमाथि दुर्व्यवहार र लुटपाट गर्नखोजेको आरोपमा प्रहरीले दुईमध्ये एक जनालाई लास भेगासबाट बिहीबार पक्राउ गरेको हो ।

सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। किङलाई त्यहाँको समयअनुसार बिहीबार दिउँसो गिरफ्तार गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मार्च ७ मा उक्त घटना भएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। खड्काले ती युवतीहरुलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरूले दुर्व्यवहार गरेको बताइएको छ । उनीहरुले खड्कालाई जातीय गाली गर्दै उनको फोन खोसेर मास्क च्यातिदिएका थिए।

त्यस्तै घटनाकी अर्की शंकास्पद २४ वर्षीया अर्ना किमिआई भने अझै पक्राउ परेकी छैनन्। यद्यपि उनी प्रहरीको सम्पर्कमा रहेको र आफैँ उपस्थित हुने जानकारी कानुनी सल्लाहकारमार्फत जानकारी गराएकी छिन्।

सन फ्रान्सिस्को प्रहरीले एउटी युवतीले चालकमाथि पिरो स्प्रे समेत छर्किएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४