Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पंश्चिम बंगालकी मुख्यमन्त्री माथि साङ्घातिक आक्रमण, विपक्षी नेताले भने ‘नौटङ्की हाे’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 6K
    SHARES

एजेन्सी । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि नदीग्राममा बुधबार भएको साङ्घातिक आक्रमणमा अनुसन्धान सुरु गरिएको छ । पूर्व मोदिनीपुरका जिल्ला अधिकारी र प्रहरी अधिक्षकले नदीग्रामको बिरुलिया बजारमा उनीमाथि धक्का दिँदा उनी घाइते भएकी छन् ।

घटनापछि मुख्यमन्त्री बनर्जी अस्पताल भर्ना हुनुभएको छ । उहाँको दायाँ काँध, गर्दन र गोडाको हड्डीमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कोलकात्ताको सरकारी अस्पतालमा उपचार गराइरहेकी बनर्जीलाई ४८ घण्टासम्म अस्पतालकै निगरानीमा राखिने बताइएको छ ।

मुख्यमन्त्री बनर्जी घाइते भएसँगै तृणमुल कांग्रेसले बिहीबार गर्ने भनिएको सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । पार्टीका अधिकारीले चुनाव आयोगका अधिकारसँग भेटेर घटनाको उजुरी दर्ता गरेका थिए । पार्टीका नेताहरुले भारतीय जनता पार्टीले आक्रमण गराएको आरोप लगाउँदै त्यसको जिम्मेवार चुनाव आयोग भएको बताएका छन् ।

उता भारतीय जनता पार्टीका प्रतिनिधिले भने ममता बनर्जीको आक्रमणलाई नौटङ्की भन्दै चुनाव आयोगसँग निष्पक्ष छानविनको माग गरेको छ । पश्चिम बंगालका भाजपा उपाध्यक्ष अर्जुन सिंहले जेड प्लस सुरक्षा घेरमा बाहिरको मानिस कसरी गएर आक्रमण गर्छ भन्दै प्रश्न गरेका छन् । उनले जनताको सहानभूति पाउनका लागि बनर्जीले नौटङ्की गरेको बताए ।

पश्चिम बंगालमा विधान सभाको चुनाव हुन लाग्दा मुख्यमन्त्रीमाथि भएको आक्रमणलाई गम्भीर रुपमा लिइएको छ । त्यहाँ मार्च २७ देखि अप्रिल २९ सम्म आठ चरणमा चुनाव हुन लागेको छ ।

यसैबीच दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि मुख्यमन्त्री बनर्जीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४