Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रियंका र मेगन मार्कलको दोस्ती अझै प्रगाड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । प्रिंस ह्यारी र मेगन मार्कलको अन्तवार्ता अहिले निक्कै चर्चामा छ । बीबीसीले लिएको सो अन्र्तवार्तमा यो दम्पतीले आफनो जीवनसँग जोडिएको समस्याबारे खुलेर बोलेका छन् ।

अन्तवार्ताको विश्वभर चर्चा भइरहेको छ । अन्तवार्ता सार्वजनिक भएसँग दुई पक्ष भएर निस्किएका छन् । केही व्यक्तिले उनीहरुको व्यवहारको तारीफ गरिरहेका छन् भने केही व्यक्तिहरुले विरोध पनि गरिरहेका छन् ।

तर एक जना व्यक्ति भने सधैं मेगनको समर्थनमा हुन्छिन् । उनी हुन प्रियंका । मेगन मार्कलको विवाहमा समेत प्रियंका चोपडा उपस्थित थिइन् । यसबाहेक धेरै अवस्थामा प्रियंकाले मेगनलाई सपोर्ट गछिन् ।

सन् २०१६ मा एक डिनर पार्टीमा मेगन र प्रियंकाको भेटघाट भएको थियो । त्यपछि यी दुबै जनाको सम्बन्ध राम्रो भएको देखिन्छ । त्यसपछिका दिनमा यीनीहरुले बोन्ड समेत सार्वजनिक गर्न थालेका हुन् । दुबै जनाले सधैं एकअर्कालाई साथ र सहयोग गर्न थालेका छन् भने केही मौकामा दुबै जनाले रमाईलो समेत गर्ने गरेका छन् ।

२०१७ मा विन्डे विलियम्स शो मा प्रियंकाले मेगनको प्रशंसा गरेकी थिइन् । त्यतिबेला प्रियंका चोपडाले मेगनको बारेमा जे बोलेकी थिइन् ‘त्यसबाट पनि सावित हुन्छ कि चोपडाले मेगनलाई सम्मान गछिन् ।’

शो मा मेगनलाई प्रिंस विलियम्सको गलफ्रेन्डको रुपमा सम्बोधन गरेपछि प्रियंका रिसाएकी थिइन् । उनले भनिन् मेगनलाई प्रिंसको गल्फे्रन्ड मात्र नभनुस् उनको आफ्नै पहिचान छ । प्रियंकाको यस्तो जवाफको उनको खुब प्रशंसा भएको थियो ।

जब मेगनको आलोचना हुँदा प्रियंकाले बचाउने प्रयास गरिन् । जब प्रिंस ह्यारी र मेगनले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिए, तब यो दम्पतीको खुब आलोचना भएको थियो । त्यतिबेला पनि प्रियंका चोपडा आफ्नो साथी मेगनको सपोटमा आएकी थिइन् । उनले भनेकी थिइन् ‘यो धेरै दुखद कुरा हो, उनीहरुले यो सबै समस्याको सामना गर्नुपर्यो , तर यस्तो हुनुहुदैन थियो ।’ प्रियंकाले भनेकि थिइन् ‘यो खुशीको कुरा हो मेगन धेरै बलियो छिन् । उनी सबै कुरा आफै ह्यान्डल गर्न सक्छिन् ।’

मेगनसँग मनमुटावको समाचारको प्रियंकाले सिधैं खण्डन गरेकी थिइन् । रोयल बेबी सावरमा प्रियंका चोपडा सहभागी भएकी थिइनन् । त्यतिबेला मेगन र प्रियंकाबिच मनमुटाव भएको समाचारको चर्चा चौतर्फी सुरु भएको थियो । त्यतिबेला प्रियंकाले ति कुराको खण्डन गदै भनेकी थिइन् ‘कामको शिलशिलामा इंगल्यान्डमा भएका कारण कार्यक्रममा सहभागी हुन सकिन् ।’

तर दुबै जनाको फ्रेन्डशिप धेरै गहिरो छ । धेरै जसो मौकामा दुबै जना देखिने गर्दछन् । प्रियंका चोपडाले ईन्टग्राममा पनि मेगनसँग फुर्सदको समय बिताएको फोटोहरु सार्वजनिक गरिरहेकी हुन्छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४