स्वर्णिम सारथी संस्थाले आयोजना गरेको प्रतियोगितामा ११ वटा पालिकाको महिला टिमको सहभागिता रहेको छ । ३ दिनसम्म चल्ने प्रतियोगिता अन्तर्राष्ट्रिय महिला दिवसको दिन सम्पन्न हुनेछ ।
प्रतियोगिताबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५५ हजार ५ सय ५५, ४४हजार ४ सय ४४ र ३३ हजार ३ सय ३३ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।
उद्घाटनमा सोलुखुम्बुका जिल्ला प्रमुख अधिकारी, विभिन्न कार्यलयका प्रमुखहरू, नगरपालिका प्रतिनिधित्वहरूको उपस्थितिमा रहेको थियो ।
सोलुखुम्बुमा अहिलेसम्मकै सर्वाधिक धनराशीको महिला भलिबल प्रतियोगिताको आयोजना भएकोले दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ । प्रतियोगितालाई सोलु दूधकुण्ड नगरपालिकाले प्रायोजन गरेको हो