Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चेल्सीद्धारा लिभरपुल पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 15.2K
    SHARES

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ ।

गएराति लिभरपुलको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मेसन माउण्टले निर्णायक गोल गरे ।

जितसँगै चेल्सीले प्रिमियर लिगको शिर्ष चारभित्र पर्ने सम्भावना बलियो पारेको छ । पराजित टोली लिभरपुलको भने शिर्ष चारको सम्भावना कमजोर बन्दै गएको छ ।

आफ्नै मैदान एन्फील्डमा लिभरपुल पछिल्लो ५ खेलमा पराजित भएको छ । लिरभपुलले आफ्नै मैदानमा यति कमजोर प्रदर्शन गरेको क्लबको इतिहासमै यो पहिलो पटक हो ।

प्रिमियर लिगकै अन्य खेलहरुमा गएराति टोटनह्याम हट्सपरले फुल्हमलाई १–० ले हराउँदा एभर्टनले वेष्ट ब्रोममाथि १–० कै जित निकाल्यो ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटकलको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ५१ अंक जोडेको म्यान्चेस्टर युसनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५० अंक छ ।

४७ अंकसहित चेल्सी चौथो तथा ४६ अंक जोडेको एभर्टन पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४