Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद् विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छ– रघुजी पन्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 4K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधिसभा(संसद्) विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताउनुभएको छ ।

नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध ¥यालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनसर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताउनुभयो ।

सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभइ नेपालको संविधान हेरेर फैसला गरी संसद पुनर्स्थापना गर्नेमा विश्वास रहेको बताउनुभयो । जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पन्तको भनाइ छ ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्‍यालिमा प्रदर्शनकारीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरेका थिए । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता पैदा गरेको आरोप लगाउनुभयो ।

संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि ‘कू’ भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरू समेत खोसिएको अनुभुति भएकाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताउनुभयो ।

प्रदर्शनकारीहरूले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षा गरौं, सामाजिक न्याय सहितको समृद्धिको आधार निर्माण गरौं, प्रतिनिधिसभाको पुनर्स्थापना गरी संविधानको रक्षा गरौं लगायतका प्लेकार्डको प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४