Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ५ २०७७
  • 7.1K
    SHARES

वीरगञ्ज,/  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ ।बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले विगत लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत विक्की राउतले राससलाई बताउनुभयो ।

ती उद्योगको उत्पादन गर्ने वस्तुको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएकाले ती उद्योगलाई हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको प्रमुख राउतले बताउनुभयो ।

अहिले कार्यालयमा नयाँ तथा पुराना गरी ६० मुद्दा अनुसन्धानको क्रममा रहेको छ । ती मुद्दाअन्तर्गत तेल, घ्यू र मसलाजन्य पदार्थको मुद्दा बढी रहेको छ । कार्यालयले बारा र पर्साका उद्योग तथा बजारको अनुगमन गरी खाद्य नमूना ५५ वटा र दाना नमूना १० वटा सङ्कलन गरी परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाएको छ ।

यसैगरी कार्यालयले खाद्य उत्पादन गर्ने उद्योग तथा दाना उत्पादन गर्ने करीब एक सय उद्योगमा स्थलगत निरीक्षण गरेको छ । पर्सा र बारामा रहेका दूध, तेल, मसला र डेरीजन्य उद्योगमा बढी मिसावट देखिएकाले ती उद्योगमाथि निगरानी बढाएको प्राप्त समाचारमा जनाइएको छ ।

सो कार्यालयले हालसम्म आठपटक संयुक्त अनुगमन तथा १२० पटक एकल अनुगमन गरेको छ । पर्सा र बारामा १२ वटाभन्दा बढी डेरी उद्योग रहेको र ती उद्योगले पाउडर मिसाएर दूध बनाउने गरेको, नक्कली घ्यू उत्पादन गर्ने जानकारी आएकाले ती उद्योगमा निगरानी बढाएको छ ।

करीब २० वटा पानी उद्योग रहेको र तीमध्ये अधिकांश उद्योग नेपाल सरकारको मापदण्डविपरीत सञ्चालनमा रहेको बताइएको छ । उद्योगी पmरार रहेकाले कार्यालयसँग भएको पुराना मुद्दा टुङ्गिन नसकेको हो । पर्सा र बारा दुई जिल्ला हेर्ने सो कार्यालयमा एक कार्यालय प्रमुखसहित दुई कर्मचारी मात्र भएको र सवारी साधनको अभावमा नियमित रुपमा अनुगमन हुन नसकेकाले प्राविधिक काम प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४