Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा म्याराथनको उपाधि आर्मीका राजनलाई, हाफ म्याराथन पुलिसकी राजपुराले जितिन्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 3.7K
    SHARES

पोखरा । १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । प्रतियागितामा विगतमा झैं नेपाली सेनाकै वर्चश्व रहेको छ ।

पोखरामा शनिबार भएको प्रतियोगितामा निर्धारित ४२.१९५ किलोमिटर दूरी रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पूरा गरी उपाधिसहित २ लाख तथा ट्रफी पुरस्कार जित्न सफल भए । दोस्रो भएका नेपाली सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख रुपैयाँ र तेस्रो भएका देवीराज बस्नेतले २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा उक्त दूरी पूरा गरी ७५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला धावकमात्र सहभागी हाफ म्याराथनमा २१ किलोमिटरमा नेपाल प्रहरीकी राजपुरा पछाईंले उपाधि जित्न सफल भइन् । उनले निर्धारित दूरी १ घण्टा २७ मिनेट १ सेकेण्डमा पूरा गरी १ लाख रुपैयाँ र ट्रफी पुुरस्कार प्राप्त गरिन् । जुम्लाकी राममाया बुढा १ घण्टा ३० मिनेट ५ सेकेण्ड दोस्रो र सशस्त्र प्रहरी बलकी वृन्दा श्रेष्ठ १ घण्टा ३१ मिनेट २ सेकेण्ड तेस्रो हुँदै क्रमशः ७५ हजार रुपैयाँ र ५० हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनमा २ सय ९ जना र हाफ म्याराथनमा २९ जना धावकले सहभागिता जनाएको आयोजक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्च अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४