Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्राटको ‘इस’ गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 4.4K
    SHARES

काठमाडौ । केहिदिन अघि सार्वजनिक भएको ‘इस’ बोलको गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । गीतका गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईले भारतको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा गीत निकाल्न लागेको जानकारी दिनुभयो ।

हिन्दी भर्सनमा बन्न लागेको गीतमा सम्राटकै स्वर रहनेछ, तर फिमेल स्वरमा भने बलिउडकै चर्चित गायिकाले गाउने चौलागाईंले बताउनुभयो । गीतको भिडियोमा नेपालको चर्चित अभिनेता रहनेछन्, भने फिमेल मोडल बलिउडकै चर्चित अभिनेत्री रहनेछन् । भारतबाट गीत गाउने गायिका, अभिनेत्री र म्युजिक कम्पनीको नाम केही दिनमा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

‘इस’ बोलको गीतलाई सम्राटसँगै रचना रिमालले गाएकी थिइन् । अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरु रहेको गीत केही हप्ता अगाडि मात्रै बलिउडका बहुचर्चित गायक कैलाश खेरको कैलाश स्टुडियोमा रेकर्ड गरिएको थियो ।

४ दिन अगाडी मात्रै यस गीतको म्युुजिक भिडियो रिलिज भएको थियो । दर्शकहरुले गीत रुचाएका कारण पनि बलिउडको म्युुजिक कम्पनीले हिन्दी निकाल्न लागेको हो । ‘इस’ बोलको गीत युुट्युुव र टिकटमा हिट चर्चा कमाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४