Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता छन् अमेजनका नयाँ सीईओ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २३ २०७७
  • 3.1K
    SHARES

अमेजन कम्पनीका सीईओ जेफ बेजोसले आगामी जुलाई महिनादेखि लागू हुने गरी कम्पनीको सीईओबाट राजीनामाको घोषणा गरिसकेका छन् ।

बेजोसको राजिनामासँगै अमेजन कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद एन्डी जेस्सीले सम्हाल्ने पक्का भएको छ ।

लामो समयदेखि बेजोसका सहकर्मी रहेका जेस्सी अमेजन कम्पनीको सुरुवात देखिकै कर्मचारी हुन् ।

जेस्सीले सन् १९९७ मा मार्केटिक व्यवस्थापकको पदमा भर्ना भएर अमेजनमा जागिर सुरु गरेका थिए । आफ्नो करिअरको सुरुआती चरणमा उनी एमबीआईमा प्रोजेक्ट म्यानेजर थिए ।

औपचारिक शिक्षाको कुरा गर्दा जेस्सीले हार्वार्ड बिजनेस स्कुलबाट एमबीए गरेका छन् ।

अमेजनको सुरुआती कार्यकालमा उनी जेस्सीको प्राविधिक सहायक भएर काम गरे । सन् २००० को सुरुआतमा उनी बेजोसको प्राविधिक सहायक बनेका हुन् । सुरुआती चरणमा केवल किताबको अनलाइन बिक्री गर्ने अमेजनको दायरा फराकिलो पारेर विश्वको नम्बर वान अनलाइन व्यापार कम्पनी तथा क्लाउड कम्प्युटिङ कम्पनी बनाउने अवधारणाको श्रेय उनलाई पनि जान्छ ।

जेस्सी अमेजन वेब सर्भिसको संस्थापक पनि हुन् । अमेजन कम्पनीभित्र ५७ जना कर्मचारीलाई संलग्न गराएर उनले उक्त वेब सर्भिस सुरु गरेका थिए । त्यसको १३ वर्षमा उनी अमेजन वेब सर्भिसको सीईओमा पदोन्नती भए ।

अमेजन कम्पनीलाई केवल इ-कमर्श कम्पनीबाट क्लाउड कम्प्युटिङ कम्पनीमा समेत रुपान्तरण गर्नका लागि अमेजन वेब सिरिजमा उनले प्राप्त गरेको सफलताकै देन छ । सोही कारण उनी अमेजन कम्पनीकै सिइओमा बढुवा हुन सफल भएका हुन् ।

हाल ५३ वर्षका जेस्सी अमेरिकाको सिएटलमा बस्दछन् र उनका पत्नी र दुई सन्तान छन् ।

उसो त अमेजन कम्पनीमा बेजोस पछिको दोश्रो ओहोदामा रहेका कन्जुमर विभागका प्रमुख जेफ विल्केले आफ्नो अवकाशको घोषणा गरेसँगै जेस्सीलाई स्वतः भावी सीईओको रुपमा हेरिएको थियो ।

अमेजनको सीईओको कार्यभार सम्हाल्दा जेस्सीका सामुन्ने केही चुनौतीहरु भने हुनेछन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँगको क्लाउड कम्प्युटिङ सम्बन्धी १० अर्ब डलरको सम्झौतामा अमेजनलाई पछि पार्दै माइक्रोसफ्टले बाजी मारेको छ । उक्त सम्झौताका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वस्थ रुपमा प्रभाव पारेको आरोप अमेजनको छ । पेन्टागनसँगको करारमा असफलताले खडा गरेको चुनौति र व्यहोर्नुपरेको घाटा पूर्तिको विषय जेस्सीको प्रमुख चुनौतिको रुपमा रहने विश्लेषकहरुको भनाइ छ ।

स्मरण रहोस् अमेजन कम्पनीमा जेस्सीको ३ करोड डलर बराबरको शेयर छ । अमेजन वेब सर्भिसको सीईओको रुपमा गत वर्ष उनको आधारभूत वार्षिक तलब १ लाख ७५ हजार डलर थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४