Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुगल कम्पनीमा दुई कर्मचारी युनियन !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २३ २०७७
  • 5.8K
    SHARES

गुगलका कर्मचारीहरुले मातृ कम्पनी अल्फाबेटमा अल्फाबेट श्रमिक युनियन गठन गरेको केही दिनमै गुगलमै अल्फा ग्लोबल नामक अर्को श्रमिक युनियन गठन भएको छ ।

अल्फाबेट श्रमिक युनियन अमेरिकामा कार्यरत गुगलका कर्मचारीहरु मात्र संलग्न रहेको श्रमिक संगठन हो भने अल्फा ग्लोबल चाहिँ गुगलका श्रमिकहरुको अन्तराष्ट्रिय संगठन भएको बताइएको छ ।

अल्फा ग्लोबलमा विभिन्न १० वटा देशका १३ क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरु रहेका छन् । त्यसमा बेलायत, स्विजरल्याण्ड तथा अमेरिका लगायतका देशका गुगल श्रमिकहरु रहेका छन् ।

तर दुवै श्रमिक संगठनको उद्देश्य समान रहेको छ । त्यो भनेको कर्मचारी र गुगलबीचको सहअस्तित्व कायम गर्ने र गुगल कम्पनीलाई कर्मचारीहरुप्रति खराब बन्न नदिने ।

द भर्जका अनुसार अल्फाबेट वर्कर्स युनियनले अल्फा ग्लोबल नामक अन्तर्राष्ट्रिय गुगल श्रमिक संगठन स्थापना भएको सुइँको समेत पाएन । यस विषयमा समाचार प्रकाशित भएपछि मात्र अल्फाबेट श्रमिक संगठनका सदस्यहरुले जानकारी पाएका थिए । त्यसैले बहुराष्ट्रिय श्रमिक संगठन गठन भएको विषयलाई अल्फाबेट श्रमिक संगठनले आलोचना गर्दै यो स्वागत गर्न लायक नभएको बताएको छ ।

उसो त अल्फाबेट वर्कर्स युनियन अमेरिकाको राष्ट्रिय श्रम सम्बन्ध बोर्डबाट मान्यताप्राप्त छैन । त्यसैले यो संगठनले आधिकारिक रुपमा अल्फाबेट तथा यसको मातहतका कम्पनीहरुमा सामूहिक सौदावाजी गर्न सक्दैन ।

जबकी गुगल श्रमिकहरुको नयाँ अन्तराष्ट्रिय संगठन चाहीँ युनि ग्लोबल युनियनको सदस्य बनेको छ । जुन श्रम संगठनहरुको अन्तराष्ट्रिय महासंघ हो । यसमा अमेरिका, बेलायत, स्विजरल्याण्ड, इटाली, आयरल्याण्ड, जर्मनी, डेनमार्क, फिनल्याण्ड, स्विडेन र बेल्जियमका श्रम संगठनहरु सदस्य छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४