Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २१ २०७७
  • 7.7K
    SHARES

२०७७ माघ २१ गते, बुधवार, ३ फेब्रुअरी २०२१। माघ कृष्णपक्ष, षष्ठी तिथि (१६:०३ बजेदेखि सप्तमी), चित्रा नक्षत्र, चन्द्रराशि– कन्या ११:५२ बजेदेखि तुला।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। तापनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मन ढुक्क नहुन सक्छ। मध्याह्नपछि यात्राकाे अवसर जुट्न सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहाेला। 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मध्याह्नपछि खर्चिलाे काम गर्नुपर्ने हुन सक्छ। सापटमा गएकाे धनले समस्या निम्त्याउला। आफ्नो साधनबाट अरूले फाइदा उठाउनेछन्। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

हतारमा निर्णय लिने बानीले पछि अप्ठ्यारो पार्ने हुँदा समयमा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। मध्याह्नदेखि आर्थिक स्थितिमा केही सुधार आउनेछ। स्वास्थ्य भने केही कमजोर नै रहला। अवसर प्राप्त भए पनि सोचेको काम पूरा गर्न समय लाग्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बिहानको समयमा साहसी काम गरेर लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि सहयोगीहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि कृषि तथा पशुधनले केही फाइदा दिलाउनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम भने बन्नेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। विद्या र धन आर्जनमा सामान्य प्रगति हुनेछ। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। तर वादविवादले नियमित काममा भने समस्या उत्पन्न हुनेछ। उद्योग र व्यापारमा पनि केही उल्झन आउने देखिन्छ। 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता नै आउनेछ। दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। कामको योजना स्थगित हुन सक्छ। प्रयत्न गर्दा दिउँसाेदेखि काममा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। आगन्तुकले केही उपहार ल्याउन सक्छन्। 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ काममा जुट्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसा–व्यवसाय फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा मनग्य फाइदा हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि केही जाेखिमयुक्त काममा जुट्नुपर्ला। आफ्नाको भरपर्दा काममा समस्या पर्नेछ। आफ्ना कमजोरी बाहिरिनाले पनि पेसा–व्यवसायमा केही चुनौती सामना गर्नुपर्ला।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रारम्भमा अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भेटघाटले काम गर्ने अवसर समेत दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मानसाम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राको प्रक्रियाले पनि खर्च बढाउन सक्छ। तर धनधान्यले घर-गृहस्थीमा समृद्धि निम्त्याउने देखिन्छ। व्यापारमा अर्थलाभ हुनेछ। दिउँसोदेखि गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। 

# नेपाली बाट साभार गरिएको

#उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४