Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘पल्पसा क्याफे’की ‘पल्पसा’ बन्न किन तयार भइन् स्वस्तिमा ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ७ २०७७
  • 10K
    SHARES

नायिका स्वस्तिमा खड्का लेखक तथा पत्रकार नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’मा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’को शिर्ष भूमिकामा काम गर्दैछिन् । चलचित्र वा म्यूजिक भिडियोमा काम गरिरहेकी एक नायिका किन रंगमञ्चमा आकर्षित भइन् त ?

आज आयोजना भएको पत्रकार सम्मेलनमा उनले भनिन्–‘म चलचित्र क्षेत्रमा आएपछि मलाई थिएटर छ, जहाँ नाटक देखाइन्छ भन्ने केही पनि थाहा थिएन । पहिलो चलचित्रको मेकर्सले नै मलाई नाटक घरसम्म लैजानुभएको थियो । बल्ल मैले नाटकको दुनियाँ थाहा पाएको थिएँ । मलाई सो समयदेखि नै नाटकमा कसरी अभिनय गर्ने होला भन्ने लागेको थियो ?’

स्वस्तिमालाई ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित रहेर मञ्चन हुन लागेको नाटकमा काम गर्नका लागि अफर आउँदा उनी उत्साहित भइन् । भनिन्–‘नाटकमा अभिनय गर्ने भन्ने कुराले म उत्साहित भएँ । झन्, पल्पसा क्याफेको नाम सुनेपछि उत्साह अझै बढ्यो ।’

स्वस्तिमाले आफूले धेरै कुरा सिक्ने मौका पाएको र वर्कशप अगाडि बढिरहेको सुनाइन् । आफ्ना लागि नयाँ अनुभव भएको भन्दै स्वस्तिमाले आफू यसमा रमाइरहेको बताइन् । उनले आफूलाई कसरी काम गर्ने होला भन्ने डर भने नभएको सुनाइन् ।

‘पल्पसा क्याफे’लाई नारायण वाग्लेले लेखेका हुन् । उनले, यो उपन्यासमा आधारित रहेर चलचित्र बनाउन चाहने मेकर्सको प्रस्तावलाई स्विकार गरेनन् । अबका दिनमा चलचित्र बनाउने मेकर्स कसरी प्रस्ताव लिएर आउँछन्, सो अनुसार आफूले निर्णय गर्ने वाग्लेको तर्क छ । तर, यो नाटकका निर्देशक विमल सुवेदीको प्रस्ताव सुनेपछि आफू उत्साहित भएको र नाटकका लागि पुस्तकको अधिकार दिएको वाग्लेको भनाई छ ।

उनले, नाटकलाई कसरी प्रस्तुत गर्ने भन्ने सम्पूर्ण अधिकार निर्देशकमा रहेकाले आफूले कुनै पनि खालको हस्तक्षेप नगरेको बताए ।

यो उपन्यासलाई नाटकमा रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । नाटकको मञ्चन चैत्र वा वैशाखमा हुने निर्देशक सुवेदीले जानकारी दिए । उनले भने–‘१५ बर्ष अगाडि लेखिएको पुस्तकले भन्न खोजेका कुराहरु आज पनि ताजै रहेकाले यो कथा कहिल्यै पुरानो हुन्छ भन्ने मलाई लाग्दैन । नाटकले द्धन्द्धका घाउहरुसँगै प्रेमको कथा भन्छ ।’

यो नाटकमा स्वस्तिमा खड्का, समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुश्मा राई, रोशन निरौला, कपिल राई लगायतका कलाकारले अभिनय गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४