Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता पनि शिक्षक जो बालिकाको खुट्टा धोएर पूजा गर्छन अनि पढाउन थाल्छन्!


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 3K
    SHARES

काठमाडौं । महिला र बालबालिका दिनहुँ बलात्कार र हिंसाको शिकार भएको यो समयमा भारतमा एक यस्ता शिक्षक छन् जो बालिकाको पूजा गर्छन् । भारतको मध्य प्रदेशको कटनी जिल्लाका एक शिक्षकले महिला तथा बालबालिकाको पूजा गर्ने गर्दछन् । यी शिक्षक २० वर्ष भन्दा बढी देखि बालिकाको पूजा गरेर खुट्टा ढोगेपछि पढाउन थाल्दछन् ।

कटनी जिल्लाको लोहारवारामा एक प्राथमिक विद्यालय छ । यहाँ पढ्ने बालिकाहरुलाई प्रभारी भैया लाल सोनी कुनै भेदभावविना बालिकाहरुको चरण धुने गर्दछन् र पूजा गरेपश्चात मात्रै पढाउने गर्दछन् । उनले गएको २३ सालदेखि यस्तो गर्दै आएका छन् ।

कोरोना महामारीको समयमा विद्यालय बन्द रहँदा घर छेउमा सञ्चालित मोहल्ला कक्षामासमेत बालिकाको खुट्टाको पूजा गर्न उनले भुलेनन् । भैया लाल सोनी भन्छन्, ‘एक पवित्र सोचका साथ नमामि जननी अभियान सुरु गरेको हो । यस अभियानको उद्देश्य बच्चा र महिलाको सम्मान हो ।’

नियमित प्राथना पश्चात बालबालिकाको चरण पानीले धोइन्छ र नवरात्रमा बालिकाको जसरी पूजा हुन्छ त्यसैगरी नियमित पूजा गरिन्छ । मध्य प्रदेशको शिवराज सिह चौहान सरकारले २५ जनवरीको सुशासन दिवसको अवसर पारेर यो निर्णय गर्यो कि सबै सरकारी कार्यालय समेत बालिकाको पूजापश्चात मात्रै सञ्चालन हुनेछ ।

शिक्षक सोनीले यस्तो बालिका पूजाको विचार आफ्नो परिवारबाट मिलेको प्रतिक्रिया दिएका छन् । महिलाको समाजमा जुन स्थान मिल्नुपर्छ त्यो उनीहरु कहिल्यै पाउँदैनन् उनीहरुलाई सधै भेदभाव गरिन्छ । मानिसको सोच बदल्नका लागि आफूले यो कार्यक्रम सुरु गरेको सोनीले बताए ।

उनी भन्छन्, ,जिन्दगीभर छोरीहरुको पूजा गर्छु, यसले मानिसको सोचमा परिवर्तन हुन्छ र छोरीहरुप्रति सम्मान गर्न थाल्दछ ।’ सोनीको यस्तो कार्यले गाउँले सबैले प्रसंशा पनि गरेका छन् ।भैया जिल्ला प्रदेश र देशभर चर्चित छन् र सम्मानित पनि छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४