Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरमा विपद् जोखिम नियन्त्रण अन्तरक्रिया


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 2.7K
    SHARES

विराटनगर,/ विपद्लाई रोक्न नसकिने भएकाले यसबाट हुने क्षतिबाट जोगाउन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विराटनगरमा आयोजना गरेको वन डढेलो तथा आगलागीको जोखिम अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले विपद्बाट हुने क्षति रोक्न पूर्व तयारी र प्रति कार्यका लागि तयार बस्नु नै उत्तम उपाय भएको बताएका छन् ।सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रत्येक वर्ष विपद् आएपछि उद्धार र राहत वितरणलाई मात्र प्राथमिकतामा राख्ने भन्दा विपद्बाट कसरी जोगीन सकिन्छ भनेर सचेतना कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भएको छ ।

प्रदेश नं. १ विपद्का हिसाबले सबैभन्दा बढी जोखिमको क्षेत्र पाइएको छ । विगत १० वर्षमा प्रदेश नं. १ मा ३ हजार ८ सय ७७ वटा आगलागीको घटना भएकोमा १ सय १८ जनाको मृत्यु भएको थियो । यसैगरी १४५ जनाको पहिरोबाट र १४२ जनाको बाढीबाट मृत्यु भएकोमा २ सय ८७ जनाको चट्याङबाट मृत्यु भएको तथ्यांक छ ।

अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको नीति कार्यक्रम, आगलागी प्रतिकार्य तथा व्यवस्थापनको प्राविधिक पक्ष, चुनौती र समस्या बारे छलफल गरिएको थियो । सो अन्तक्र्रिया कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, वन कार्यालयका प्रमुखहरु साथै विराटनगर महानगरपालिकाका विपद सम्पर्क व्यीक्तहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४