काठमाडौँ,/ काठमाडौँको भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिनुभयो । बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ । प्रतिक्रिया सम्बन्धित समाचार दसैँका लागि सल्लाघारीमा भेडा–च्याङ्ग्राको किनबेच कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउँछौँ: सहमहामन्त्री आलम पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम