Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इण्डोनेसियामा ६२ यात्रु बोकेको विमान उडेको केहि बेरमा नै समुद्रमा खस्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको उक्त विमान उडेको केहि बेरमा नै समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

विमान समुद्रमा खसेको र केही यात्रुले तैरने प्रयास गरे पनि बचाउन नसकेको अधिकारीहरुले जनाएका छन् । विमान १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको विमान भीषण बर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिला उडेको थियो ।

बोइङ ७३७–५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो । उड्डयन सुरक्षा रेकर्ड तुलनात्मक रुपमा कमजोर रहेको इन्डोनेशियाका विमान सेवाहरूलाई एक दशकभन्दा बढी समयसम्म यूरोपमा प्रतिबन्ध लगाइएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४