Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 17.8K
    SHARES

२०७७ पुस २० गते, साेमवार, ४ जनवरी २०२१। पाैष कृष्णपक्ष, षष्ठी तिथि, पूर्वफाल्गुनी नक्षत्र, चन्द्रराशि– सिंह।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आँटले काममा सफलता मिल्नेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नाले धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले कामको वातावरण बन्नेछ। बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। सावधानीले काम बन्नेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ। खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। मिहिनेतले अध्ययनमा प्रगति गर्न सकिनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। होसियारीसाथ काममा जुट्नुहोला। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ। पहिलेका समस्या दोहोरिनाले सानातिना काममा अल्झनुपर्ला। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, दिगो फाइदा हुने काम गर्न सकिनेछ। पहिलेका चुनौती पार लगाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्ने समय छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४