Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर महानगरभित्रका सबै होर्डिङ बोर्ड हट्छन् : मेयर महर्जन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगर क्षेत्रमा अब चाँडै नै होर्डिङ बोर्ड मुक्त बनाइने बताएका छन् । अहिले पनि होर्डिङ बोर्ड हटाउने क्रम तीब्र पारिएको र केही समयमा नै होर्डिङ बोर्ड सबै हट्ने मेयर महर्जनले बताए ।

बिहीबार महानगरको १०२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले केही प्राविधिक समस्याका कारण सबै बोर्ड अहिले नै हटाउन अप्ठेरो परेको बताए । तर छिट्टै बोर्ड हटाउने नै महानगरको योजना रहेको उनले सुनाएमेयर महर्जनका अनुसार ललितपुर क्षेत्रमा महानगरको जानकारीबिनै बोर्ड राखेका तथा कर तिरेर करार सम्झौता पुरा भएका सबै बोर्डहरु धमाधम हटाउन थालिएको उनले बताए । केही बोर्डहरुको भने करार सम्झौता अवधि पुरा हुन बाँकी रहेका कारण हटाउन नसकिएको महर्जनले बताए ।

अब अवधि पुरा भएपछि महानगरले बोर्ड राख्ने सम्झौता नवीकरण नगर्ने बताए । महानगरलाई हराभरा र सफा बनाउन आफूहरु लागिपरिरहेको उनको भनाइ छ ।सियो खसे पनि देख्न सक्ने गरी महानगरका सबै सडकमा स्मार्ट लाइट जोड्ने योजना पनि उनले सुनाए । कर प्रणालीमा पनि चाँडै व्यापक सुधार हुने उनले बताए ।अब कर तिर्नका लागि महानगरमा आउनै पर्ने बाध्यता हट्छ, हामी अनलाइनबाटै सहजै तिर्न सक्ने व्यवस्था मिलाउँदैछौं’ मेयर महर्जनले भने

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४