Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ऊर्जाबाट नेपालको दिगो विकासः सूर्यनाथ बास्तोला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २९ २०७७
  • 8.1K
    SHARES

नेपालमा सन् १९११ मा फर्पिङ जलविद्युत (१५०० किलोवाट) र सन् १९२७ मा चन्द्र नहर, जुद्ध नहर सिंचाइ आयोजना जलस्रोत विकासमा पहिला कामहरु हुन् ।
हालसम्मको अध्ययनबाट नेपालको जलविद्युत क्षमता करीब आठ करोड तीस लाख किलोवाट भएको अनुमान छ । जसमध्ये आर्थिक दृष्टिकोणबाट सम्भाव्य जलविद्युत क्षमता करीब दुई करोड पचास लाख सन्तानब्बे हजार किलोवाट भएको अनुमान छ ।
हाम्रो देश कृषिप्रधान देश हो । देशको जनशक्तिमध्ये करीब ९० प्रतिशत कृषि पेशामा निर्भर छन् । देशको कुल राष्टिय उत्पादनमा कृषिबाट ६६ प्रतिशत योगदान रहेको छ । कृषिमा उत्पादन बृद्धि गर्न सिंचाइको समुचित विकास गर्न जरुरी छ । नेपालका सबै खोलाहरुबाट करीब २०० अरब क्युसेक मिटर पानी बग्ने गरेको छ ।
जलविद्युत निर्माण भएका योजनाहरुको उत्पादन हेर्दा सरकारी वा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका कालीगण्डकी १४४ मेगावाट, मध्यमस्र्यादी ७० मे.वा. कुलेखानी ६० मे।वा। त्रिशुली २४ मे.वा. चमेलिया ३० मे।वा। कुलेखानी दोस्रो ३२ मे।वा। मस्र्याङदी ६९ मे.वा. गण्डक १५ मे.वा. देविघाट १४ मे.वा. मोदीखोला १४ मे.वा. सुनकोशी १० मे.वा. माथिल्लो त्रिशुली ए ६० मे.वा., पुवाखोला ६ मे.वा. लगायत साना अन्य केही गरी जम्माजम्मी करीब ५ सय ६० मेवगावाट जति उत्पादन भइरहेको छ भने अन्य संस्थागत तथा निजी क्षेत्रबाट माथिल्लो भोटेकोशी ४५ मे.वा., खिम्ती ६० मे.वा. चिलिमे ३२ मे.वा. सानिमा माई २२ मे.वा. बुटवल पावर १२ मे।वा। युनाइटेड मोदी १० मेवा सिकलेस १३ मे.वा. माउण्ट कैलाश ११ मेवा सञ्चालनमा छन् ।
यस्तै अन्य ४ सय ५० मेगावाट क्षमताको आयोजनाहरु पनि निर्माण कै चरणमा छन् । यसमा बर्तमान सरकार पनि कस्सिएर लागेको छ । उर्जा मन्त्रालय र विद्युत प्राधिकरण थप सक्रिय भएर लागेका छन् ।
नेपालमा जलविद्युत विकासको दुई वटा पाटा छन् । एउटा नेपाललाई चाहिने विद्युत उत्पादन गर्ने, अर्को पाटो ठूलो जलविद्युत योजना गरेर सस्तो विजुली उत्पादन गरेर भारत र बंगलादेशलाई बेच्ने र ब्यापार घाटा कम गर्ने । भारतले चासो लिएका योजनाहरुमध्ये पञ्चेश्वर ७ हजार मेगावाट, कर्णाली दुई हजार मेगावाट, कोशी हाई ड्यामहरु गर्न सकिन्छ । भारतसँग नेपालको विद्युत आदान प्रदानको लागि ट्रान्समिसन लाइन बनेर आदान प्रदान भइरहेकै छ । यसलाई बढाउनु आवश्यक छ । यसमा काम भइरहेको पनि छ । यसबाट नेपालमा उत्पादित ठूलो परिणामको बिजुली भारतलाई बेच्न थप सहज हुनेछ ।
नेपालमा निर्माण हुन सक्ने १२ वटा बाँध नेपालभित्र जल भण्डारण गरी पानी जम्मा गरेर हिँउदमा पानी बहाब गरी हालको अभावमा रहेको ५००० क्युसेक पानीबाट १५००० मेगावाट विद्युत उत्पादन गरी भारत र बंगलादेशलाई विद्युत बेच्न सकिन्छ । यो पानी भारतलाई चाहिने सिंचाईको लागि उपलब्ध गराउन सकिन्छ । नेपालमा सिंचाइयोग्य जमिन ३० लाख हेक्टर छ । जसमध्ये १० लाख हेक्टरमा सिंचाई पुगेको छ । हामीलाई बढी भएको पानी भारतलाई बेच्न सकिन्छ । भारत नेपालको जलस्रोत विकासका आफ्नो बलियो पकड राख्न चाहन्छ । नेपालमा कोशी गण्डक योजनामा भारतबाट ठगिएका छौं भन्ने आम धारणा छ । हरेक देशले आफ्नो हित जोगाड गर्न चाहन्छ र गर्नु पनि पर्छ । हामीले पनि हाम्रो आफ्नो स्वार्थ बचाएर राख्न सक्नुपर्छ । ठूलो मात्रामा देशमा सस्तो जलविद्युत उत्पादन गर्न सकियो भने पूर्वपश्चिम बिजुलीबाट चल्ने रेल सञ्चालन गर्न सकिन्छ ।
यी सबै कुराको राम्रो अध्ययन गर्न र हाल भएका संस्थालाई सहयोग गर्न प्रधानमन्त्री कार्यालय अन्तर्गत वा अन्य केही विशेष ब्यवस्था गरी विषेषज्ञहरुको थिंक टयांक बनाई मास्टर प्लान बनाएर काम गर्न अत्यावश्यक छ । राष्टिय योजना आयोग र अरु सम्बन्धित मन्त्रालयहरुसँग राम्रो समन्वय गरेमा देशमा छिटो विकास हुन सक्छ । देशको सुदूर भविश्यलाई विचार गर्ने हो भने जलस्रोत विकास गरी विद्युत, सिंचाइर्, जलमार्ग आदि विकास गरेर फाइदा लिन नेपालले भारत बंगलादेशसँग मिलेर काम गर्नुपर्छ ।
विगत लामो समयसम्म पनि अस्थिर राजनीतिले गर्दा उल्लेख्य काम हुन नै सकेन । खालि राजनीतिक हानाथाप दाउपेचमा नै समय ब्यतित भयो । जसले गर्दा हामीले चाहेजति विकास गर्न सकेनौं । अहिले भारतमा पनि नेपालको विद्युत खरिद गर्न इच्छुक मा्ेदी सरकार छ । उनले नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको भनेर उल्लेख गर्दै आएका पनि छन् । यनी पहिलनेपटक नेपाल आउँदा पनि नेपालको जलविद्युत विकासमा भारतले लगानी गर्ने र बिजुली पनि खरिद गर्ने बताएका थिए । यस्तो अनुकूल समयमा नेपालको जलस्रोत विकासको राम्रो सूरुआत हुन सकेमा धेरै नै राम्रो हुन्छ ।
लेखक नेपाल विद्युत प्राधिकरणमा पूर्व डाइरेक्टर इन चिफ तथा बरिष्ठ ऊर्जा विज्ञ हुन । ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४