Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाम्रा चेलीहरू सांसदबाट असुरक्षित छन् : सुनिल थापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २१ २०७८
  • 7.3K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले चेलीबेटीहरू सांसदबाटै असुरक्षित रहेको टिप्पणी गरेका छन् । गृह जिल्ला धनकुटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले चेलीबेटीहरू सांसदबाटै असुरक्षित रहेको टिप्पणी गरेका हुन् ।

सेनाभन्दा सांसदबाट असुरक्षित रहेको भन्दै पूर्व मन्त्रीसमेत रहेका थापाले चेलीबेटीहरूले होसियार रहनुपर्ने बताए । ‘यदि हाम्रा चेलीबेटीमाथि कसैले शंका गर्नुपर्छ भने त्यो हाम्रै सांसहरुबाट गर्नुपर्छ । एकजना एमाले सांसद हालसालै बलात्कार गरेको आरोपमा पक्राउ परे, ’ उनले भने, ‘यहीँ धनकुटामा पनि यस्ता उदाहरणहरू छन्, तर लुकाएर राखिएका छन् ।

नेता थापाले छिन्ताङ घटनालाई एमालेले अतिरञ्जित गरेको आरोप लगाएका छन् । आफूले प्रतिबद्धता गरे अनुसार छिन्ताङ घटनाका पीडितलाई सहिद घोषणा गरेको तर एमालेले सहिदको नाममा भ्रष्टाचार, लुटतन्त्र र ठगी खाने भाँडो बनाएको उनको आरोप थियो ।

सहिदका परिवारलाई बन्धनमा नबस्न आग्रह थापाले आग्रह गरे । ‘म सहिदका परिवारलाई भन्न चाहन्छु, अब तपाईँहरू उठ्नुस्, उहाँहरूको बन्धनमा बस्ने हैन,’ उनले भने, ‘तपाईँ यो देशको नागरिक हो । आउनुस् प्रजातन्त्रलाई जोगाउन एक भएर हामी काम गरौँ ।’

यसअघि जितेका एमाले सांसदले जनतालाई झुटो आश्वासन दिएर ढाँटेको उनले बताए । ‘एमालेले यसअघि चुनावमा जिताएर पठाए, धनकुटालाई प्रदेश १ को राजधानी बनाउँछौँ भने, तर मलाई अहिले अपसोच लागेको छ, एमालेहरू अहिले कुन दुलोमा लुकेर बसेका छन् ?,’ उनले भने, ‘आगामी निर्वाचनमा एमाले धनकुटामा क्लिन स्विप हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४