Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ९ २०७७
  • 6.7K
    SHARES

वि.सं. २०७७ असोज ९। शुक्रवार। इ.स. २०२० सेप्टेम्बर २५। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। नवमी, २२:२८ उप्रान्त दशमी।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले व्यवहारमा भने पछि परिनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। केही समय लागे पनि नयाँ काम प्रारम्भ हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, पेसातर्फ महत्त्वाकांक्षी योजना थालनी हुने समय छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। निर्णय लिएर पनि समयमा काम नगर्ने बानीले भने पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काम राेकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। तर आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। बिस्तारै काम बन्नेछ। अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। नयाँ साथीभाइ भेटिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलाे हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

आयस्रोत बढ्नेछ तर पछिका लागि केही वस्तु त्याग्नुपर्ला। अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४