लोक गित संगित हेर्ने कुनै निकाय नहुदा कला र गलाले सम्मान पाउन सकेको छैन् ।
जन न्युज नेपाल खवर प्रतिनिधि नमुना दहाल कार्की
मानिसका लागी अतिआवश्यक मध्येको लोक सांगितिक विधा मध्येको लोक गीत पनि एक हो । लोक गीत सांगितिक क्षेत्रको प्रमुख हाँगो अर्थात् नेपालको तुलनामा सांगितिक क्षेत्रको राजा पनि मानिन्छ । लोक संगित क्षेत्रले जीवनले ग्रहण गरेका विषयलाई विषयवस्तु बनाएर गाउने कला नै लोक गित हो । लोक संगितले मान्छेले सिक्ने शिक्षा, भाषा, धर्म र परम्परागत मात्र नभई जातीय संस्कृति सुख दुःख तथा समाजमा भएका विकृतिलाइ हटाउन ठुलो भुमिका खेलेको हुन्छ । लोक संगित तथा लोक साहित्यको व्यापक क्षेत्र ओगटेको भएता पनि क्षेत्रमा भने राज्यले खासै ध्यान नदिएको राष्ट्रिय संगित कर्मि संघका केन्द्रिय सदस्य कुमार कार्की बताउन्छन् ।
उनी भन्छन् अन्य क्षेत्रका लागी सरकारले बोड बनाइदिएको छ । तर , लोक क्षेत्रमा विभिन्न समस्या र विकृति भएता पनि यसका लागी हर्ने कुनै निकाय नहुदा कला र गालाले प्रथामिकता पाउन नसकेको केन्द्रिय सदस्य कार्कीले जिकिर गरेका छन् ।
लोक गित नेपाल र नेपालीको सम्पति हो । भाषा ,धर्म र संस्कुतिको जर्गेना गर्ने कला मात्र नभई विकृति विरुद्ध लड्ने ठुलो हतियार भएकाले यसको संरक्षण ,प्रर्वधन र विकृति फैलन नदिन सरोकारवाला पक्षको ध्यान जान आवश्यक छ ।
क्यामेरामा निर्जन महतका साथमा जनआवाज टेलिभिजन रिपोटर नमुना दहाल कार्की काठमाडौ ।