Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी मोडलको तस्बिरमा चौतर्फी विवाद किन ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २३ २०७७
  • 3.4K
    SHARES

एजेन्सी । पोर्चुगलमा फेसन र लाइफस्टाइल पत्रिका ‘भोग’ को हालैको कभरमा विवाद पैदा भएको छ ।
भोगको यो अंकलाई ‘द म्याडनेस इस्यू’ नाम दिएको छ । प्रकाशकका अनुसार उनीहरु यसमार्फत् मानसिक स्वास्थ्यजस्ता ‘महत्वपूर्ण मुद्दामाथि प्रकाश’ पार्न चाहन्छन् ।
यो अंकको कभरमा एक महिलाको तस्बिर हो जो अस्पतालको बाथटबमा बसेकी छिन् र एक नर्सले उनको टाउकोमा पानी हालिरहेकी छिन् ।
भोगले यो कभरलाई इन्स्टाग्राममा पोस्ट गरेको छ ।
पत्रिकाले लेखेको छः

दम्याडनेस इश्यू
यो प्रेमबारे हो
यो जीवन बारे हो
यो हाम्रो बारे हो
यो तपाईं बारे हो
यो अहिलेको समय बारे हो
यो स्वास्थ्य बारे हो
यो मानसिक स्वास्थ्य बारे हो
द म्याडनेस इश्यू वर्तमान बारे हो ।
मनोचिकित्सक तथा मानसिक स्वास्थ्यको समस्यासँग जुधिरहेका मानिसहरुले यो चित्रणमाथि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुका अनुसार यसले मानसिक रोगीहरुको उपचारलाई ‘अनुचित’ र ‘आउटडेटेड’ तरिकालाई देखाउँछ ।
यी आलोचनाको जवाफ दिँदै भोगले यी तस्बिरको प्रयोग मानसिक स्वास्थ्यमाथि चर्चा सुरु गर्ने उद्देश्यले गरिएको बताएको छ ।
पत्रिकाका प्रकाशकले ट्वीटरमा पोस्ट गरिएको आफ्नो बयानमा भनेका छन्, ‘भोगको यो अंकको कभरमार्फत् मानसिक स्वास्थ्यसँग जोडिएको ऐतिहासिक सन्दर्भ खोज्ने कोसिस गरिएको छ र यसको उद्देश्य वास्तविक जीवन र साँचो कहानीलाई देखाउनु हो । पत्रिकाभित्र मनोचिकित्सक, सामाजिक वैज्ञानिक, मनोवैज्ञानिक र अन्य विशेषज्ञमाथि कुराकानीमा आधारित लेख छ ।’
कभर पेजमा बाथटबमा जुन युवतीको तस्बिर छ, उनी स्लोवाकियाकी मोडल सिमोना किर्चानेरोवा हुन् । उनले आफ्नो एक इन्स्टाग्राम पोस्टमा भोगको कभरमा आउनु उनको करियरको एक ‘महत्वपूर्ण हिस्सा’ बताएकी छिन् । उनले उनीसँग देखिएका अन्य दुई महिलामध्ये एक उनकी आमा र अर्की हजुरआमा भएको पनि जानकारी दिएकी छिन् ।
सिमोनाले आफ्नो पोस्टमा लेखिन्, ‘म भोगको कभर पेजमा, आफ्नी आमा र हजुरआमाको साथमा ।’

विशेषज्ञले के भने ?
लण्डनकी क्लिनिकल साइकोलोजिस्ट डाक्टर क्याटरिना एलेक्जेन्ड्राकीले बीबीसीसँगको कुराकानीमा आफूले भोगको यो कभरलाई ‘अनैतिक’ मान्ने बताएकी छिन् ।
उनले भनिन्, ‘जो मानिसहरु गम्भीर मानसिक समस्यासँग जुधिरहेका छन् उनीहरुलाई एक महिलालाई यति नाजुक स्थितीमा एक फेसन म्यागजिनको कभमा देखेर आफ्ना पुराना र मुश्किल समस्या याद आउन सक्छ । ’
डाक्टर क्याटरिना भन्छिन्, ‘यो तस्बिरले त्यो धारणाको समर्थन गरिरहेको देखिन्छ जसमा मानसिक समस्याका बेला महिला असहाय र कमजोर हुने बताइन्छ । यो तस्बिरले ती मानिसबारे जानकारी दिँदैन जसले आफ्नो इच्छाशक्ति र संघर्षले मानसिक रोगलाई हराएका छन् ।’
पोर्चुगलकी मोडल सारा स्याम्पियोले भोगको तस्बिरले मानसिक स्वास्थ्यसँग जोडिएको ठूला कुरालाई प्रतिनिधित्व नगर्ने बताएको छ ।
साराले आफूले पनि मानसिक रोगसँग जुधिसकेको छ र यो तस्बिर उनलाई रत्ति पनि मन नपरेको बताएकी छिन् ।
उनले सोसल मिडिया पोस्टमा अफ्नो एक भिडियोमा भनिन्, ‘यो तस्बिर कुनै पुरानो मानसिक अस्पतालको जस्तै देखिन्छ जहाँ बिरामीलाई टर्चर गरिन्थ्यो ।’
साराले यो तस्बिर धेरै मानिसहरु कोरोनाभाइरस महामारीका कारण विभिन्न प्रकारको मानसिक समस्या, एक्लोपनबाट जुधिरहेको एक संवेदनशील समयमा आएको बताएकी छिन् ।
स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४