Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसः मृतकको संख्या ६५ सय पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३ २०७६
  • 4.3K
    SHARES

काठमाण्डौ – कोरोनाभाइरसको संक्रमण १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ ।
संक्रमित भएकामध्ये ७७ हजार ४ सय ३६ जना ठीक भएर घर फर्किएका छन् । उपचारारत ८५ हजार ४ सय ९३ जनामध्ये ५ हजार ९ सय २१ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ३२ सय १३ पुगेको छ । एक हप्ता यता नयाँ संक्रमण अत्यन्तै कम देखिएको चीनमा थप १४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
चीनमा संक्रमण देखिएका ८० हजार ८ सय ५८ जनामध्ये ६७ हजार ७ सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।
युरोपेली मुलुकलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोनाको संक्रमणले इटाली, स्पेन, फ्रान्स लगायतका मुलुकको जनजीवन तहसनहस बनाएको छ ।
संक्रमण रोक्न सीमा नाका बन्ददेखि मानिसहरुलाई घरबाहिर निस्कन नदिदा पनि ती देशहरुमा कोरोनाभाइरसको संक्रमण फैलने क्रम रोकिएको छैन ।
इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।
थप ३५ सय ९० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २४ हजार ७४७ पुगेको छ । उपचार गराइरहेका २० हजार ६ सय ३ जनामध्ये १६ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ।
संक्रमण व्याप्त भएपछि इटालीमा आज सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु गरिएको छ । इटालीले ‘लकडाउन’ गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाइसकेका छन् तर पनि त्यहाँ संक्रमण फैलन छाडेको छैन ।
स्पेनमा थप ९६ जना संक्रमितको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । ७ हजार ८ सय ४५ जनामा संक्रमण भएको छ।
यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५४ सय २३ जना संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।
सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । १३ सय ११ जना मानिस संक्रमित भएका छन् ।
कोरोनाभाइरसका कारण नेदरल्याण्डमा २०, स्विटजरल्याण्डमा १४ जना, जर्मनीमा ११, बेल्जियममा ४, नर्वे तथा स्विडेमा ३र३ जनाको मृत्यु भएको छ ।
एसियाली मुलुक इरान र दक्षिण कोरिया पनि कोरोनाभाइरसको चपेटामा परेका छन् । इरानमा ७ सय २४ जनाको मृत्यु भएको छ त्यहाँ १३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा ७५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या ८ हजार १ सय ६२ छ । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४