काठमाडौं । फिल्म लोफर’ बाट नै निकै चर्चा बटुल्न सफल भएकी दिशा पटानी अभिनेता टाइगर श्राफको प्रेम सम्बन्धमा रहेका कारण लामो समय चर्चामा रहिन् ।
सन् २०१३ मा फेमिना मिस इन्डिया’ को उपविजेता समेत भएकी यि सुन्दरी टाइगरसँग फिल्म बागी’को की सुटिङको बेला भेट भएको थियो । दुवैबीच धेरै विषयमा असमझदारी बढ्दै गएपनि पछिल्लो तीन बर्ष सफल रिलेसनसिपमा रहेका दिशा र टाइगरले दिशाको फिल्म भारतको प्रिमियरपछि आफ्नो सम्बन्धको अन्त्य गरेको बताइएको छ ।
टाइगरसँगको ब्रेकअपको चर्चापछि सलमान खानसँग भारतमा काम गरेकी दिशाले सलमानको राधेमा फेरी काम गरेकी छिन् । राधेमा दमदार भूमिकामा रहेकी दिशाको अहिले सामाजिक संजालका एकपछि अर्को तस्विर भाइरल बनिरहेका छन् । उनले गएराती पोष्ट गरेको आकाशे रंगको ड्रेसमा सजिएको तस्विरमा उनको हट अवतार स्पष्ट देख्न सकिन्छ । रातीको समयमा खिचिएका उनले ३ वटा तस्विरलाई दिशा आँफैले जोडेर मु्स्कान छरिरहेको देख्न सकिन्छ । एजेन्सी