Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के सकिएकै हो त सनीको बलिउड ‘करियर’ ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १६ २०७६
  • 4K
    SHARES

एजेन्सी । पछिल्लो तीन वर्षदेखि सनी लियोनले फिल्मको मुख्य भूमिका निभाएकी छैनन् । अहिले उनको हातमा कुनै पनि फिल्म परेको छैन । उनी केही वर्षदेखि नै फिल्ममा स–साना भूमिका र फिल्मको गीतमाबाहेक देखिन छाडेकी छिन् ।
के त्यसो हो भने उनको बलिउड करिअर सकिएकै हो त रु के अब निर्माता र निर्देशकले उनीलाई फिल्ममा खेलाउँदा फाइदा देख्न छाडेकै हुन त ?
आश्चर्यको कुरा के छ भने सनी लियोनलाई अहिले पनि सर्वाधिक खोजी गर्ने गरिन्छ । हरेक वर्ष उनको नाम सर्वाधिक खोजी गरिने सेलिब्रेटीमा पर्छिन् । तर फिल्ममा उनको लागि ठाउँ नै छैन ।
यसै सन्दर्भमा सोधिएको प्रश्नमा सनी लियोनले आफूलाई अझै पनि निर्माता र निर्देशकले फिल्मको लागि अफर गरिरहेको तर आफूलाई मनपर्ने फिल्मको कथावस्तु नभेटेको जानकारी दिएकी छिन् । बी र सी ग्रेडको फिल्मको लागि निर्माता नै सनी लियोनलाई अफर गर्न गइरहेका छन् तर त्यस्ता फिल्ममा सनी शो पीस मात्रै हुने गरेको भन्दै त्यस्ता फिल्मको सीन र फिल्मबाट टाढा रहेको बताउँछिन् । ठूला फिल्ममा सनीको लागि ठाउँ नभएको र अहिलेसम्म उनलाई राम्रो अभिनेत्रीको रुपमा परिचित गराउँन राम्रो फिल्ममा काम गर्न नपाएको गुनासो समेत सनीले पोखिन् ।
अनौठो स्थिति के छ भने सनी जो सँग काम गर्न चाहान्छिन् उनीहरु उनीसँग काम गर्न नचाहाने र जो सनीसँग काम गर्न चाहान्छन् उनी ती व्यक्तिहरुसँग काम गर्न चाहेकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४