Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच औपचारिक बिहे हुदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ३ २०७६
  • 3K
    SHARES

काठमाडौं। जेठ ३ चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ। रविले अलातली विवाह गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्। पारिवारिक स्रोतका अनुसार रविले शुक्रबार नगर कोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन्। विवाहमा रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन्। विवाहको कार्यक्रम गोप्य राखिएको छ।चर्चित संचारकर्मीसमेत रहेका रविले न्युज २४ कार्यक्रममा सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय छ।

उक्त कार्यक्रममार्फत रविले ठूला समस्याको समाधान गर्नसमेत सहयोग गरेका छन्। रविले चलचित्रकर्मी उद्धव पौडेलकी छोरी निकिता पौडेलसँग दोस्रो विवाह गर्न लागेका हुन्। निकिता यसअघि चलचित्र विकास बोर्डकी अध्यक्ष थिइन्।गत माघ सात गते रवि र निकिताले अदालती विवाह गरेका थिए। अदालतमा कोर्ट म्यारिज गरेपछि रविले आफ्नो फेसबुक पेजमा ‘जीवनले नयाँ मोड लिएको, एक अर्काका परिवार, आफन्त र नागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरेका थिए। उनले लेखेका थिए, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन।

तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजवीन चल्यो त्यसले हामीलाई एक अर्काको खाँचो पर्यो।’अदालती विवाह गरेपछि रविले लेखेका थिए, ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा आलोचना, सुुझाव, ब्याख्यामा हामी अटाउन सकेनौं भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाइ र तपाइँको सोचाइ नमिल्न सक्छ। हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौं। र, हामी सबैबाट हाम्रो सखद दाम्पत्य जीवनकोलागि शुभकामनाखद दाम्पत्य जीवनकोलागि शुभकामना मात्र चाहन्छौं।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४