Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लाल मश्तिष्क’को मुख्य भूमिकामा ‘नन-एक्टर’ खेलाउँदै रेखा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ९ २०७४
  • 13.1K
    SHARES

अभिनेत्री रेखा थापा यतिबेला  आफ्नो नयाँ फिल्म ‘लाल मश्तिष्क’को केन्द्रिय पात्रको लागि ‘नन-एक्टर’को खोजी गरिहरेकी छन्। ‘रूद्रप्रिया’ पछि निर्माण हुन लागेको यस फिल्ममा नेपालमा अझै व्याप्त रहेको बाल विवाहमा आधारित भएकाले फिल्मको सुटिङ हुने कर्णाली प्रदेशबाटै फिल्मका लागि रेखाले उपयूक्त कलाकार खोज्न लागेकी हुन्।

‘जाजरकोट लगायत कर्णाली प्रदेश र नेपाल भरि नै बालबिवाहको दर बढी छ र यथार्थमा यसको पीडा भोगिरहेकै बस्तिहरुमा म यो फिल्मको छायांकन गर्न चहान्छु’, रेखाले भनिन्। यसका लागि फिल्मका निर्माता मध्येका एक नर बहादुर कार्की सुर्खेत र जाजरकोटमा कलाकार खोजी गर्न गएका छन्।

कार्कीसँगै बाल बिबाह रोक्न र त्यसविरूद्ध जनचेतना फैलाउन ‘छोरीहरूका लागि स्वर्णिम नेपाल’  अभियानमा सक्रिए रहेकी रेखाले अभियानका क्रममा भेटिएका मानिसहरूको छलफलबाट फिल्म बनाउन प्रेरित भएकी हुन्। उनले फिल्मका लागि केही कलाकार भेटिएको तर अन्तिम निर्णय गर्न बाँकी रहेको बताइन्।

रेखाले यस फिल्म आफूले गर्दै आएका ‘लार्जर देन लाइफ’ सिनेमा भन्दा पनि सकेसम्म धरातलिय यथार्थको नजिक रहेर निर्माण गरिने बताउँछिन्। यस फिल्ममा रेखाले महत्वपूर्ण भूमिकामा देखिने र आफूले फिल्मको मुख्य पात्रको रूपमा भने १५ देखी १७ वर्ष उमेर समूहकी कलाकारले अभिनय गर्नेछिन्। फिल्मले बालिका तथा युवतीका लागि उत्प्रेरणा जगाउने रेखाको भनाइ छ। उनका अनुसार फिल्ममा देखाइने समाजको स्थानियता झल्कियोस भन्ना लगि सोही ठाउँबाट कलाकार खोजि गरिएको बताइन्।

रेखाले फिल्ममा यसरी पहिलो पटक ‘नन-एक्टर’लाई अभिनय गराउन लागेकी हुन्। संसारमा पनि सिनेमामा ‘नन-एक्टर’लाई अभिनय गराउँने चलन पुरानै हो। यसपटक रेखाको यो प्रयासले कस्तो कलाकारलाई दर्शकमाझ देखाउनेछ भन्ने बारेमा फिल्म निर्माण पछि थाहा हुनेछ। फिल्मले तराईदेखी पहाडसम्मको पात्रलाई फिल्ममा जोड्नेछ।

फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गर्दैछिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४