Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२५ वर्ष लागिन् आलिया भट्ट, ६ वर्षमै खेलेकी थिइन् फिल्म


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २ २०७४
  • 9.2K
    SHARES

बलिउडमा पछिल्लो पुस्ताकी सफल हिरोइन हुन् आलिया भट्ट । उनी आजदेखि २५ वर्ष लागेकी छिन् । उनका दुई फिल्म ‘राजी’ र ‘डे्रगन’ प्रदर्शनको क्रममा छन् ।
धेरैलाई जानकारी नहुन सक्छ, फिल्ममा आउनुअघि आलिया निकै मोटी थिइन् । उनको वजन ६७ किलो थियो । उनले डेब्यु फिल्म ‘स्टुडेन्ट अफ इयर’ का लागि १६ किजो वजन घटाएकी थिइन् ।

प्रसिद्ध निर्देशक महेश भट्टकी छोरी आलियाले ६ वर्षकै उमेरमा (१९९९) हिन्दी चलचित्र ‘संघर्ष’ मा प्रिती जिन्टाको बालापनको भूमिका निर्वाह गरेकी थिइन् ।
१९९९ देखी २०१२ सम्म स्टुडेण्ड अफ द इयर, हाइवे, २ स्टेट्स, कपुर एण्ड सन्स, उडता पञ्जाव, डियर जिन्दगी, ए दिल है मुस्किल र बद्रीनाथ कि दुल्हनियामा काम गरेकी छिन् ।

आलियाले जमनाबाई नर्सरी स्कुल (मुम्बई)मा पढेकी थिईन् । उनी पढाईमा औसत विद्यार्थी हुन् भने अतिरिक्त क्रियाकलापमा जहिल्यै अगाडी थिइन् । गायन र नृत्यमा पोख्त छिन् उनी ।‘स्टुडेन्ट अफ द इयर’ मा उनी ४०० युवतीमध्ये अडिसनबाट छानिएकी थिइन् । उनकी आमा आधा काश्मिरी र आधा जर्मन हुन् भने उनका बुबा महेश भट्ट गुजराती हुन् । आलिया आमासँग नजिक छिन् । बलिउडमा प्रवेश गरेपछि भने बुबासँग नजिक हुन थालिन् ।

उनी फेशन डिजाइनर मसाबा गुप्तासँग नजिक छिन् । उनलाई पार्टी गर्न र साथीसँग घुम्न जान निकै मन पर्छ । आफ्नो ब्युटी सिक्रेटको रहस्य राम्रो निन्द्रालाई मान्छिन् । बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने वानी छ उनको ।

उनलाई फ्राइ गरेको आलु निकै मन पर्छ । ग्रिन टि र बदाम पनि उनको मनपर्ने परिकार हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४