Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुर्कुचामा गहिरो चोटका कारण नेमारले रसिया विश्वकप गुमाउन सक्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २४ २०७४
  • 13.3K
    SHARES

काठमाडौँ ।  पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेमारले रसियामा हुन लागेको विश्वकप फुटबल गुमाउन सक्ने जोखिम बढेको छ । गत आइतवार लिग वान अन्तरगत मार्सिल्लेविरुद्धको खेलका क्रममा कुर्कुचामा गहिरो चोट बोकेपछि नेमार यो सिजनभर मैदानबाट बाहिर रहने भएका हुन् ।

ब्राजिलका प्रमुख स्ट्राइकर नेमारको चोटग्रस्त खुट्टाको अपरेशन ब्राजिलमा हुँदैछ । घाइते भएपछि उनले च्याम्पियन्स लिग अन्तरगत रियल मड्रिडविरुद्धको पिएसजीका लागि ‘गर या मर भिडन्त’ गुमाउने पक्का भइसकेको छ । साथै चोटग्रस्त भएकाले यो सिजन उनी मैदानमा नदेखिने समाचारसँगै विश्वकप गुमाउने सम्भावनाले ब्राजिलियन टोलीमा चिन्ता छाएको छ ।

आइतवार भएको मार्सिल्लेविरुद्धको खेलको ८० औँ मिनेटमा चोटग्रस्त भएपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । त्यसको भोलिपल्ट उनका पिताले नेमार कम्तिमा ६ हप्ता मैदान बाहिर रहने बताएको छ ।

उनी खुट्टाको अप्रेशनका लागि फ्रान्सबाट बिहीबार ब्राजिल पुगिसकेका छन् । त्यहाँ उनलाई एयरपोर्टबाट ह्वीलचियरमा राखेर बाहिर लगिएको थियो । शनिबार गर्न लागिएको खुट्टाको अप्रेशनका लागि नेमार ब्राजिलको दक्षिणी सहर बेलो होरिजोट पुग्दैछन् । त्यहाँस्थित माटेर डेई अस्पतालमा उनको खुट्टाको अप्रेशन हुनेछ ।

ब्राजिलियन फुटबल टिमका चिकित्सक रोड्रिगो लस्मरले अप्रेशनपछि नेमार कम्तिमा पनि तीन महिनाका लागि फुटबल मैदानबाट बाहिर रहने ब्राजिलियन पत्रिका ओ गोल्बोलाई बताएका छन् ।

‘नेमारको खुट्टाको औँला र कुर्कुच्चासँगै जोडिएको लामो हड्डी भाँच्चिएको छ, खुट्टालाई बलियो बनाउने यो महत्त्वपूर्ण हड्डी हो’, उनले भने, ‘शनिबार अप्रेशन भएपछि नेमारले कम्तिमा पनि तीन महिनाका लागि विश्राम लिनुपर्ने हुन सक्छ ।’

आगामी जुन महिनाको पहिलो साताबाट रसियामा विश्वकप फुटबल सुरु हुँदैछ । त्यसअघि फ्रान्सेली क्लब पिएसजीले खेल्ने सबै खेल नेमारले गुमाउने पक्का भइसकेको छ । यस्तोमा उनलाई विश्वकप अघि नै फुटबल मैदानमा फर्काउने गरी ब्राजिलमा उपचार थालिँदैछ ।

कम्तिमा पनि विश्वकपको एक साता पहिलेसम्म उनको खुट्टालाई दुरुस्त बनाउने प्रयासमा ब्राजिलियन फुटबल टिमका चिकित्सक जुटेका स्काई स्पोर्ट्सले जनाएको छ ।

यदि उनको खुट्टा त्यो बीचमा ठीक नभएमा नेमारले विश्वकप पनि गुमाउने डर ब्राजिलियन फुटबल टिममा रहेको छ । नेमारले विश्वकप अघि मार्च अन्तिममा विश्वविजेता जर्मनीविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने कुरा ब्राजिलियन टिमले पुष्टि गरिसकेको छ ।

ब्राजिलियन फुटबल टिमका म्यानेजर टिटेले यही मे महिनाको मध्यमा रसिया विश्वकपका लागि ३० सदस्यीय सुरुवाती टिमको घोषणा गर्दैछन् । त्यही मध्येबाट जर्मनीविरुद्ध मैत्रीपूर्ण खेल्ने २३ सदस्यीय टोलीको छनोट गरिने छ ।

नेमार रसिया विश्वकप अन्तरगत जुन १७ मा स्वीटजरल्यान्डविरुद्ध हुने ब्राजिलको पहिलो खेलका लागि तयार हुने विश्वास म्यानेजर टिटेले पनि गरेका छन् । तर, खुट्टाको हड्डी भाँचिएका नेमार फिट हुन लामो समय लाग्ने भएकाले विश्वकप गुमाउन सक्ने जोखिम पनि उत्तिकै रहेको टिटेले बताएका छन् ।

नेमार यही सिजन स्पेनिस क्लब बार्सिलोनाबाट २२.२ करोड युरो ‘२६.३ करोड डलर’ को कीर्तिमानी राशिमा फ्रान्सेली क्लब पिएसजी पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४