Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हैदराबादले कोलकातालाई १ सय १० रनले हरायो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १३ २०८२
  • 836
    SHARES

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट यसअघि नै बाहिरिसकेका दुई टोलीबीच आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्समाथि ११० रनको सानदार जित दर्ता गरेको छ ।

हैदराबादले प्रस्तुत गरेको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता ८ बल बाँकी रहँदै १६८ रनमा समेटिएपछि हैदराबादले प्रभावशाली जित निकालेको हो । हैदराबादलाई यो विशाल जित दिलाउने क्रममा दक्षिण अफ्रिकी विष्फोटक ब्याट्सम्यान हेन्रिक क्लासेनले अविजित रहँदै आक्रामक शतकीय पारी खेले । मात्र ३९ बलको सामना गरेका उनले १०५ रन जोड्दा ३७ बलमै आफ्नो शतक पूरा गरेका थिए । यो आईपीएल इतिहासकै तेस्रो सर्वाधिक छिटो शतक हो ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा केवल ३ विकेटको क्षतिमा २७८ रनको पहाडसमान योगफल तयार पारेको थियो । क्लासेनको सानदार शतकका अलावा ओपनर ट्रेभिस हेडले ४० बलमा ७६ रनको महत्वपूर्ण योगदान दिए भने अभिषेक शर्माले १६ बलमा ३२ रन जोडे । अन्तिममा अंकित वर्माले अविजित रहँदै ६ बलमा १२ रन प्रहार गरे ।

यो स्कोर आईपीएल इतिहासकै तेस्रो ठूलो स्कोरको रूपमा अंकित भएको छ । गत सिजन हैदराबादले नै रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध पाँच विकेटको क्षतिमा २८७ रन बनाएको थियो भने यसै सिजनको सुरुवातमा राजस्थान रोयल्सविरुद्ध ६ विकेट गुमाएर २८६ रन जोडेको थियो ।

विशाल लक्ष्यको दबाबमा देखिएको कोलकाताका लागि मनिस पाण्डेले २३ बलमा सर्वाधिक ३७ रन जोडे । यस्तै, हर्षित रानाले २१ बलमा ३४ तथा सुनिल नारायणले १६ बलमा आक्रामक ३४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा टोली फराकिलो हार व्यहोर्न बाध्य भयो ।

हैदराबादको कसिलो बलिङ आक्रमणसामु कोलकाताका ब्याट्सम्यान निरीह देखिए । उसका लागि जयदेव उन्नाकदले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र २४ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै, एसन मालिङ्गाले ३.४ ओभरमा ३१ रन दिएर तीन विकेट हात पारे भने हर्स दुबेले पनि चार ओभरमा ३४ रन खर्चेर तीन विकेट आफ्नो नाममा लेखाए ।

यो जितसँगै सनराइजर्स हैदराबादले १३ अङ्क जोड्दै प्रतियोगिताको छैटौँ स्थानमा रहेर आफ्नो यात्रा टुङ्ग्याएको छ । पराजित कोलकाता नाइट राइडर्स भने १२ अङ्कका साथ आठौँ स्थानमा सीमित रह्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४