Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आन्दोलनको पूर्वसन्ध्यामा राप्रपा अध्यक्ष लिङ्देनले युवासँग अन्तरसंवाद गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ९ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । जेठ १५ गतेदेखि सडक आन्दोलनमा होमिने तयारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी “राप्रपा” ले आन्दोलनको पूर्वसन्ध्यामा युवाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा ४० वर्षमुनिका विभिन्न पेशा र व्यवसायमा संलग्न युवा तथा विद्यार्थीहरूसँग ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा’ शीर्षकमा विशेष संवाद कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

राप्रपाको युवा विभागले आयोजना गर्न लागेको उक्त कार्यक्रममार्फत पार्टीले अघि सारेका राजनीतिक एजेण्डा, व्यवस्था परिवर्तनको औचित्य, राजसंस्थाको स्वरूप, हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयता खारेजीको आवश्यकता लगायतका विषयमा युवाहरूमा रहेका जिज्ञासा र प्रश्नहरूको अध्यक्ष लिङ्देनले प्रत्यक्ष जवाफ दिनेछन् ।

राप्रपा युवा विभागका प्रमुख प्रकाश रिमालका अनुसार, कार्यक्रममा युवाहरूले राप्रपाका आर्थिक, सामाजिक नीति, आन्दोलनपछिको मार्गचित्र तथा दैनिक जनजीविकासँग सम्बन्धित सवालहरूमा पनि प्रश्न राख्न सक्नेछन् । ‘राप्रपाले राजाको मुद्दा मात्र बोक्छ भन्ने भ्रम र आजको पुस्तालाई पार्टीका समग्र एजेण्डा बुझाउन तथा व्यवस्था परिवर्तनका लागि युवाहरूलाई जागृत गराउन यो कार्यक्रम आयोजना गरिएको हो,’ प्रमुख रिमालले भने ।

राप्रपाले उक्त कार्यक्रममा राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरूलाई आमन्त्रित गरेको छ । यसले ‘राप्रपा पुरानो पुस्ताको पार्टी हो’ भन्ने भ्रम चिर्न मद्दत पुग्ने पार्टीको विश्वास छ । यसअघि पनि राप्रपाले प्रबुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिसकेको छ भने जेठ १५ को आन्दोलनलाई लक्षित गरी उपत्यकाव्यापी कार्यकर्ता भेलाहरू पनि आयोजना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४