Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काहि नभाको जात्रा हाडिँ गाउँमा जस्तै हाम्रो देशको सरकार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ७ २०८२
  • 1.9K
    SHARES

अहिले देशको स्थिति राम्रो बन्न सकिराखेको छैन् भनेर ठुुला ठालुले मात्र हैन सर्वसाधारणले पनि भन्न थालेका छन् । आखिर किन त यस्तै सोचिरहेका छन् सडक ड्राईभर सुनिल राइ । तिस बर्से राइ ओखल्ढुङ्गा भादौरेका सुनिल यी युवाले मेची देखि महाकालीको यात्रा निरन्तर गरिरहेका छन् । कहिले उकालि चड्छन त कहिले ओरालि झर्छन , कहिले तराई कहिले खोच गरि जिवन यात्राको भविस्य निर्धारण गरिरहेका छन् सुनिल अनि उनले देखेका छन देशको बेथिति ।

ट्रकका चालकले ट्रकलाईनको पीडा हाम्रा सहकर्मी जेपी फुयालसगं यसरी पोखेका छन्  गाडीलाइनमा कती बसन्त पार गर्नु भयो ? पन्द्र वर्षदेखि यो वेवसायमा पौठेजोरी खेल्दै अघी वड्दै छु । ढोकामा बस्नु भयो कि सीधै चलाउन थाल्नु भयो ? ढोकामा एक वर्ष वसे त्सपछि चालकको सिटमा वसिरहेको छु । कस्तो लागिरहेको छ ट्रक चलाउदा पहिले र अहिले ? पहिले रहरले यो पेसामा लागियो अहिले बाध्य भएर चलाईरहेको छु ।

किन तेस्तो भयो नि पहिले र अहिले ? सरकारले कहिले तेह्र प्रतिशत भ्याट लगाउछु भन्छ कहिले के भन्छ् । सरकारले जतिसक्दो दु ख दिने गर्छ । किन तेस्तो सरकार त समृध नेपाल निर्माणको अभियानमा अघी वडिरहेको छ नी ?

देश माउ नभएको चल्लाजस्तो भएको छ । घरमा बाबु नभएको छोराजस्तो भएको छ । यस्तो सरकारलाई कसरि अभिभावक भन्ने । जे जे गर्न सक्छौ गरौं भनेर सरकार लागिरहेको छ । त्यसैले पशुपति शर्माले भनेका रहेछन् लुट्न सके लुट कान्छा धन्यवाद पशुपति । बीकासे कामलाइ निरन्तर जोड दिदै आइरहेको छ सरकार तपाई किन सरकारप्रति रुष्ट हुनुहुन्छ नि ? बसेर बोले कसैले सुन्दैन ?उठेर बोले हावाले उडाउँछ ?सरकारले खानाको भाग खोसेको छ । साहुलाई यदि कमाएर दियो भने उ खुसि हुन्छ । नत्र उसले पनि काम दिदैन ? मान्छे मारे दश वर्ष जेल जानुपर्ने । अनि हामिले तिरेको करले सरकारले हामिलाई के दिने । केहि दिनु नपर्ने सुविधा ? काहि नभाको जात्रा हाडिँ गाउँमा जस्तै छ । हाम्रो देशको निति नियम कहिले सुखले सास फेर्न पाइएला ?, काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भन्थे बुढापाकाले त्यस्तै भैरहेको छ ।

सरकारलाई किन आवाज उठाउनु हुन्न सरकारको कमजोरि छ भन्ने लागिरहदा ?
एक त सरकार आफैमा कमजोरि छ । जसले आफ्ना जनताका वारेमा सोच्नु पर्दैन ? हुनत हामी मजदुरहरुमा मेलमिलाव छैन् । हामिविच एकरुपता नभएकाले सरकारले जे मन लाग्यो तेहि गरिरहेको छ ।

ड्राईभरको मज्जा घुम्न पाउनु भन्छन नि के रहेछ ड्राइभरको जिन्दगी ?
मेचीदेखि महाकालीसम्म घुमिरहेको छु । सवै जसो ठाउँमा पुगेको छु । ड्र्राभरको मज्जा घुम्न पाउनु नै हो जस्तो लाग्छ । ट्रक ड्राइभरको जिन्दगी त मस्तीमा वित्छ भन्छन कसैकसैले ? ट्रक यमराज हो भन्छन तपाइलाइ कस्तो लाग्छ ? ड्राइभरको जिन्दगी कर्कलाको पानी हो । त्यो त बाबु बाजेको पालामा हो । खानामा मिठो हिड्नमा छिटो मरेपछि धुलोपीठो यस्तै हो ड्राइभरको जिन्दगी । जस्तो यमराजको कुरा गर्दा जानीजानी कुनै ड्राइभरले मान्छे हान्दैन । अव मान्छेले के भन्छन् भन्नेतिर नजानु नै राम्रो ।

सात कक्षा पढ्दा पढ्दै वीचैमा पढाईलाइ विट मारेर ड्राइभर वन्नतिर लाग्नु भएछ कतै पछुतो लागेको छैन ? भोलिको सोच के छ ? वास्तवमा अहिले आएर पछुतो लाग्छ । अलि वडी पढेको भए केही हुन्थ्यो कि तर सम्हाल्छु आफैलाई पन्द्र सोह्र वर्ष यहि पेशामा लागियो । गाडी चलाइयो घर ब्यवहार चलेकै छ । खान पाइएकै छ पछुतो किन मान्नु । भोली जे आउछ तेहि टर्ला भगवान भरोसा ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४