Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यूएईमाथि नेपालको शानदार जित, ग्लोबल छनोटमा स्थान सुरक्षित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ६ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्री चरणको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गरेको छ ।

यो जितसँगै नेपालले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

जितका लागि पाएको १ सय १५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा पुरा गर्‍यो । नेपालको जितमा कप्तान इन्दु बर्माले कप्तानी पारि खेलिन् ।

उनले नटआउट ३० रन बनाइन् । २८ बलको सामना गरेकी बर्माले नेपाललाई जित दिलाउन महत्त्वपूर्ण इनिङ खेलिन् ।

रुविना क्षेत्रीले ३२ र सम्झना खड्काले २१ रनको योगदान दिइन् । उपकप्तान पूजा महतोले १३ रन बनाइन् ।

राजमती ऐरीले ८ रन बनाउँदा कविता कुँवरले ५ रन थपिन् ।

युएईका लागि मिशेल बोथा, सुरक्षा कोट्टे, वैष्णवे महेश र ईशा ओजाले समान १–१ विकेट लिइन् ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुआतमै केही दबाब सिर्जना गरे पनि यूएईले निर्धारण २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भयो ।

युएईका लागि इशा ओझाले सानदार ३९ रनको योगदान दिइन् भने तीर्था शतिशले २१ रनको संयमित पारी खेलिन् ।

नेपालका लागि बलिङतर्फ मनीषा उपाध्याय चम्किइन् । उनले ४ ओभरमा मात्र २० रन खर्चेर ४ महत्वपूर्ण विकेट हात पारिन् । यस्तै, कविता कुँवरले २ विकेट र राजमती ऐरीले १ विकेट लिइन् ।

यसअघि नेपालले समूह ‘सी’ को विजेता बनेको सुपर–३ मा पुगेको थियो । सुपर–३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता युएईले स्थान पक्का गरेका थिए ।

यसअघि सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई हराएको थियो । अब सुपर–३ को अन्तिम खेलमा नेपाल र आयोजक थाइल्यान्डबीच मंगलबार खेल हुनेछ ।

सुपर–३ को अन्तिम खेलअघि शीर्ष स्थानको थाइल्यान्डको ८ अंक, नेपालको ७ अंक र युएईको ६ अंक भएको छ । युएईले सबै खेल खेलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४