Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाटै सरकार ढल्न लागेको संकेत गरेपछि…


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १२ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको चिसिंदो सम्बन्धका कारण सरकार संकटमा पर्ने संकेत दिएका छन् । विगतमा बारम्बार पाँच वर्ष सरकार चल्ने दाबी गर्दै आएका ओलीले लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारको भविष्यप्रति स्पष्ट अडान नलिएर नयाँ बहसको सुरुवात गरेका हुन् ।

भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा उनले विदेशी शक्तिका दलाल तत्वहरूले नेकपा एमालेविरुद्ध भ्रम फैलाइरहेको आरोप लगाएका छन्  । उनले सरकार दिनदिनै ढल्ने चर्चा हुनुमा राष्ट्रियताको पक्षमा नेकपा एमालेले लिएको स्पष्ट अडानलाई कारण देखाएका छन्  । उनले भने, ‘हामीले राष्ट्रियताको पक्षमा बोल्यौं, त्यसैले डराएका शक्ति हामीमाथि आक्रोशित भएका छन् ।

पछिल्लो समय नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबाट आएका अभिव्यक्तिहरूले ओलीप्रति अविश्वास झनै चुलिएको देखिन्छ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विदेश जानुअघि नयाँ सरकारबारे कुरा गरेको खुलासा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूले समेत सरकारको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि जनाइरहेका छन् ।

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषयलाई लिएर पनि गठबन्धनमा दरार देखिएको छ । नेपाली कांग्रेसको भागमा परेको गभर्नर पदमा ओलीले नियुक्ति रोकेको भन्दै असन्तुष्टि बढेको छ । देउवाले प्रस्ताव गरेका गुणाकर भट्टको राजीनामा कार्यबाहक गभर्नर नीलम ढुंगानाले स्वीकृत नगरेको र यसमा ओलीको प्रभाव देखिएको नेपाली कांग्रेसका  नेताहरूको भनाइ छ ।

यसैबीच सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनप्रति सरकार उदासीन देखिएको भन्दै नेपाली कांग्रेस आक्रोशित बनेको छ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ “कान्छाराम” लाई ओलीले अचानक बर्खास्त गर्नुले पनि नेपाली कांग्रेस असन्तुष्ट भएको बताइएको छ ।

ओलीले यसपटक सरकारको आयुबारे अघिल्ला कार्यक्रममा जस्तो दाबी नगरेका कारण सत्ता गठबन्धनमा दरार थप बलियो हुँदै गएको संकेत देखिन्छ । उनले कार्यकर्तालाई सरकारभन्दा चुनावतर्फ ध्यान दिन निर्देशन दिँदै भने, ‘अब सरकारको चिन्ता होइन, चुनावको तयारी गर्नुहोस् । हामीले मिसन ८४ भनेका छौं, त्यसमा लागौं ।

ओलीले नेपाली कांग्रेसले साथ छोडे सरकार जोगाउन सबै किसिमको प्रयास गर्ने संकेत समेत गरेका छन् । ‘सरकार चलाउन, नेतृत्व गर्न जे गर्नुपर्छ संसद्को बनावट अनुसार एमालेले सकेसम्मका प्रयास गर्नेछ । यस कुरामा चिन्ता नगर्नुस,’ उनले भने ।

पछिल्लो समय सरकारको कामलाई लिएर गगनकुमार थापाका साथै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायत धेरै नेताले सार्वजनिक मञ्चबाट नै असन्तुष्टि जनाउँदै आएका छन् । सत्तारुढ नेपाली कांग्रेसका जिम्मेवार नेताहरुले गरिरहेको आलोचनालाई ओलीले पनि सहजरुपमा लिएका छैनन् । स्थायित्वको लागि भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर बनाएको सरकार नौ महिनामै संकटमा देखिएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेसभित्र अब ओली नेतृत्वमा सरकार टिकाउने कि हटाउने भन्ने विषयमा गम्भीर छलफलको तयारी भइरहेको छ । देउवाको विदेश यात्राबाट फर्किएपछि सरकारको भविष्यबारे निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तयारीमा रहेको स्रोतहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४