Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट अधिवेशन आजदेखि, संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओली “कार्यसूची”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १२ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । संघीय संसद्को दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको अधिवेशन अन्तर्गत पहिलो बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न गइरहेको छ ।

अधिवेशनको पहिलो दिन विशेष हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि प्रारम्भिक सम्बोधनमार्फत अधिवेशनको सुरुवात गर्ने तयारी गरेका छन् ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तथा मन्त्रिपरिषद गठनसम्बन्धी जानकारी संसदमा प्रस्तुत गर्ने छन् । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त थप कार्यभारसम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाइनेछ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुखले बैठकको अध्यक्षता गर्नका लागि सांसद सदस्यहरूको मनोनयन गर्ने कार्यसूचीसमेत रहेको छ ।

यही अधिवेशनमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ संसदमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेस गर्नेछन् । यसअघि संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते औपचारिक रूपमा अन्त्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४