Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफूले भेटेको मान्छेलाई संक्रमण भयो भने के गर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०७७
  • 9.4K
    SHARES

आफूले भेटेको मान्छेलाई संक्रमण भयो भने के गर्ने ?

जन न्युज नेपाल खवर प्रतिनिधि

। नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उच्च गतिमा बढिरहेको छ । आइतबार मात्र ८१८ जना कोरोना संक्रमित थपिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार संक्रमितको आधारमा नेपाल विश्वको ६६ औं स्थानमा छ । मृत्युको हिसाबले हेर्दा भने नेपाल विश्वमा ९७ औं स्थानमा छ । यसरी संक्रमणको दरसँगै जोखिम पनि उच्च दरमा बढिरहेको छ । कतिपय सामाजिक कामहरूमा निस्कनै पर्ने हुनसक्छ । उच्च जोखिमका बीच बाहिर निस्कनै पर्ने अवस्थामा कसरी सावधानी अपनाउन सकिन्छ ?

यस विषयमा संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले केही टिप्स दिएका छन् । यो बिहीबार संघीय सांसद गगन थापाले डा. सुवेदीसँग जुम एपमार्फत गरेको कुराकानीको आधारमा तयार पारिएको हो ।

जापान लगायतका मुलुकमा प्रयोग गरिएको ३ सीको सिद्धान्तलाई नेपालमा पनि प्रयोग गर्नुपर्ने सुझाव सुवेदीको छ । अनिवार्य मास्क लगाउने बाहेक क्राउड अर्थात् भिडमा नजाने, कन्फाइन स्पेस अर्थात् बन्द (अक्सिजन सजिलै आदानप्रदान नहुने) कोठामा २/३ जना मान्छे सामाजिक दुरी कायम गरेरै पनि नबस्ने र तेस्रो सी अर्थात् क्लोज कन्ट्याक्ट ।

क्लोज कन्ट्याक्ट अर्थात् सँगै बसेर चिया खाजा खाँदा एकछिनको लागि मास्क खोल्ने गरिन्छ । यस्तो बेलामा पनि हामीले हाँसो मजाक गर्दा वा ठूलो स्वरले बोल्दा पनि कोरोना सर्ने सम्भावना हुन्छ । त्यसैले केही गरी बाहिर निस्कनै पर्ने भयो भने यसमा ध्यान दिनुपर्ने सुझाव डा. सुवेदीको छ ।

भेटेको मान्छेमा संक्रमण पाइयो भने के गर्ने ?

धेरैलाई जिज्ञासा हुन सक्छ यदि आफूले भेटेको मान्छेलाई संक्रमण पुष्टि भयो भने के गर्ने ? कतिदिन अघिसम्म भेटेको मान्छेले स्वाव संकलन गर्ने ? यो प्रश्नमा डा. सुवेदी सामान्यतया कुनै पनि संक्रमितलाई कोभिडको लक्षण देखिएको छ भने लक्षण देखिएको ४८ घण्टा अघिसम्म भेटेका मान्छेमा संक्रमण सर्ने जोखिम बढी हुने बताउँछन् ।

त्यस्तै, कुनै लक्षणविना नै कोरोना भाइरसको परीक्षणको क्रममा रिपोर्ट पोजेटिभ पाइएको छ भने स्वाब संकलन गरेको ४८ घण्टाअघिसम्म भेटेका मान्छेमा कोरोना सर्ने सम्भावना बढी हुने सुवेदी बताउँछन् ।

तर यसमा पनि भेटको प्रकृति अनुसार जोखिम पनि बढी र कम हुने गर्छ । सुवेदीका अनुसार अमेरिका, कोरिया जस्ता मुलुकमा गरिएको अध्ययनले देखाएअनुसार संक्रमित मान्छेसँग १५ मिनेटसम्म ६ फिटको दुरी कायम नगरी बसेको खण्डमा अर्कामा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । त्यसमा पनि दुवै पक्षले मास्क लगाएका छन् भने संक्रमण सर्ने डर हुँदैन । तर हात मिलाउने एक अर्कामा अंकमाल गर्ने जस्ता कार्य गरियो भने मात्रै यसको जोखिम बढी हुने उनी बताउँछन् ।

त्यस्तै, दुई जना मान्छेमध्ये एक जनाले मास्क लगाएको अवस्थामा अर्काले नलगाउँदा कस्तो असर पर्छ भन्ने प्रश्नमा डा. सुवेदी भन्छन् ‘दुई जनामध्ये एक जनाले मास्क लगाउने र अर्काले नलगाउँदा यदि नलगाउने मान्छेमा कोरोना संक्रमण रहेछ भने मास्क लगाउने मान्छेको पनि आँखाको माध्यमबाट समेत सर्ने सम्भावना हुन्छ । आँखाबाट कोरोना भाइरस सर्ने सम्भावना कम भए पनि अर्काले मास्क नलगाउँदा कोरोनाको जोखिम भने कायमै रहन्छ ।’

डा. सुवेदी कोरोनाको जोखिम बढिरहेकोले मान्यजन नै भए पनि आफूलाई भेट्न आउनेलाई मास्क लगाएर मात्रै आउन र सामाजिक दुरी कायम गराउने बारे खरो रूपमा उत्रिन सुझाव दिन्छन् ।

संक्रमितले के कुरामा ध्यान दिने ?

संक्रमित या सम्भावित संक्रमितले पनि कोरोना भाइरसको फैलावट रोक्नको लागि भूमिका खेल्नु पर्ने हुन्छ । सुरुमा कुनै लक्षण देखिएपछि वा कुनै कारणले कोरोना परीक्षण गरेपछि आफूलाई सम्भावित संक्रमितको रूपमा हेरेर बाहिर हिँडडुल गर्नु हुँदैन । रिपोर्ट नआउँदासम्म आफूलाई संक्रमित जस्तै ठानी कोही कसैसँग पनि भेटघाट गर्नु हुँदैन । यदि रिपोर्ट पोजेटिभ आइहाल्यो भने होम आइसोलेसनमा बस्ने वा अन्यत्रकै आइसोलेसनमा बस्ने ? भन्नेबारेमा यकिन हुनुपर्छ ।

त्यसको लागि सरकारले तोकेको मापदण्ड अनुसार घरमा आइसोलेसनका शर्तहरू पूरा गर्न सकिन्छ कि सकिँदैन यकिन गर्नुपर्छ । यदि शर्त पूरा गर्न सकिँदैन भने अस्पताल या अन्य कुनै ठाउँमा तोकिएको आइसोलेसन सेन्टरमा गएर बस्नु पर्छ ।

सामानबाट कोरोना सर्छ कि सर्दैन ?

डा. सुवेदीका अनुसार सामानबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ । तर दैनिक उपभोग्य सामान ल्याउने व्यक्तिले मास्क लगाएको छैन भने ऊबाट सर्ने सम्भावना भने बढी हुन्छ ।

त्यसैले सामान लिएर आउने व्यक्तिलाई मास्क अनिवार्य रूपमा लगाउन भन्ने गर्नुपर्छ ।

सामानमा पनि कोरोना संक्रमितको छिटा परेको छ र त्यो सामान छोएर मुखमा हात लगियो भने सामानबाट पनि सर्ने सम्भावना त हुन्छ । तर त्यो सम्भावना कम हुन्छ । त्यसैले तरकारी वा कुनै सामान बाहिरबाट आएपछि राम्रोसँग पखाल्ने वा स्यानिटाइज गरेर मात्रै प्रयोग गर्न डा. सुवेदी सुझाव दिन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४