Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा पोखरेल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २१ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् । ३६८ मत प्राप्त गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् ।

उनले नेकपा एमाले निकट पीपएलको गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापालाई पराजित गर्दै जित हात पारेका हुन्।

बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो ।नौ जना खुल्ला सदस्यमा आठ जना डिएलएको प्यानलबाट विजयी हुँदा सतिशराज मैनाली मात्र विपक्षी गठबन्धनबाट विजयी भएका छन् ।

निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन विजयी भएको हो । डीएलएले समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको थियो भने प्रगतिशील कानुन व्यवसायी संघ पनि अध्यक्षबाहेक अन्य पद साना दल निकटकालाई दिँदै चुनावी मैदानमा उत्रेको थियो।

उपाध्यक्षमा डीएलए गठबन्धनका अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा महिला पुनदेवी महर्जन विजयी भएका छन्।

कोषाध्यक्षका लागि रामचन्द्र पौडेल,महिला सदस्यका लागि शशि बस्नेत विजयी भएका छन्। एमाले निकट गठबन्धनबाट एक जना मात्र सदस्यको रूपमा विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४