Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको आर्थिक उन्नतिको शिल्पकार मनमोहन सिंह कसरी बनेका थिए प्रधानमन्त्री ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १२ २०८१
  • 1.2K
    SHARES

काठमाडौं । भारतको आर्थिक उन्नतिको शिल्पकारका रुपमा चिनिने पूर्वप्रधानमन्त्री मनमोहन सिंहको विहीबार राति निधन भएको छ । शान्त स्वभाव, इमान्दार र पढेलेखेका मनमोहन सिंहको प्रधानमन्त्रीको सफर भने बडो रोचक छ ।

सन् २००४ मा लोक सभा निर्वाचनको मतगणनासम्म कसैलाई पनि विश्वास थिएन कि मनमोहन सिंहको पार्टी कांग्रेसले चुनाव जित्नेवाला छ । चुनावी विश्लेषकहरुले भाजपा गठबन्धन एनडिएले चुनाव जित्ने दाबी गरिरहेका थिए । किनकी शरद पवार, तारिक अनवर र पीए संगमा जस्ता नेताहरुले कांग्रेस छाडेर नयाँ पार्टी बनाएका थिए ।

मतगणनाको प्रारम्भिक नतिजामा भाजपा पछाडि पर्दा पनि पुनरागमनको विश्वासमा थिए धेरैजना । तर कांग्रेस नेतृत्वको एनपीए गठबन्धनले नै चुनाव जितीछाड्यो ।

त्यतिबेला कांग्रेस पार्टीको अध्यक्ष सोनिया गान्धी थिइन् । त्यसैले धेरैले अब प्रधानमन्त्री पनि सोनिया नै हुने अनुमान गरेका थिए । यद्यपि विदेशी मूलकी व्यक्ति सोनिया प्रधानमन्त्री बन्न लागेको भन्दै भाजपाका नेताहरु सुषमा स्वराज, उमा भारती लगायतले मुद्दा चर्को रुपमा उठाएका थिए । सुषमा स्वराजले त यदि सोनिया प्रधानमन्त्री बनिन् भने आफूले कपाल मुण्डन गर्ने अभिव्यक्ति समेत दिएकी थिइन् ।

तर कांग्रेस कार्यकर्ताहरु भने सोनियाको समर्थनमा प्रदर्शनमा उत्रिएका थिए । तर भाजपाबाट मुद्दा चर्को रुपमा उठेपछि सोनिया गान्धी चिन्तित भएको पूर्वविदेशमन्त्री नटवर सिंहले आफ्नो आत्मकथा One Life Is Not Enough मा लेखेका छन् ।

सो पुस्तकमा सिंहले लेखेका छन्– १७ मे २००४ को दिउँसो करिब दुई बजेतिर १० जनपथ निवासमा मलाई बोलाइयो । सोनिया गान्धी आफ्नो कोठाभित्र चिन्तित मुद्रामा थिइन् । उनीसँग मनमोहन सिंह र प्रियंका गान्धी पनि थिइन् । केहीबेरमा राहुल गान्धी पनि त्यहाँ आइपुगे । राहुलले आमा सोनियालाई सिधै भने– तपाईं प्रधानमन्त्री बन्नु हुँदैन । मेरो बुवाको हत्या भयो । हजुरआमाको पनि हत्या भयो । ६ महिनापछि तपाईंको पनि हत्या होला । राहुलको यो भनाइले त्यहाँ सन्नाटा छायो ।’

राहुलले आमा सोनियालाई प्रधानमन्त्री बन्नबाट रोक्न जे पनि गर्ने बताएपछि सोनियाका आँखामा आँसु देखियो ।
नटवर सिंह थप लेख्छन्– राहुलले आमा सोनियालाई प्रधानमन्त्री बन्नबाट रोक्न जे पनि गर्ने बताएपछि सोनियाका आँखामा आँसु देखियो । मनमोहन सिंह भने चुपचाप थिए । त्यो बेला प्रियंकाले पनि थपिन्– राहुलले जे पनि गर्न सक्छ । त्यसपछि राहुलका कुराले सोनिया हातैमा आएको प्रधानमन्त्रीको कुर्सी त्याग्न तयार भइन् ।

यसैगरी निरजा चौधरीको किताब How Prime Ministers Decide मा पनि नटवर सिंह र विश्वनाथ प्रताप सिंह सोनिया प्रधानमन्त्री बने हुन्थ्यो भन्ने पक्षमा भए पनि छोराले नबन्न दबाब दिएको प्रसंग उल्लेख छ ।

विश्वनाथ प्रताप सिंहसँग निकट रहेका सन्तोष भारतीयले पनि आफ्नो किताब ‘विश्वनाथ प्रताप सिंह, चन्द्रशेखर, सोनिया गान्धी र म’ मा यो प्रसंग उल्लेख गरेका छन् ।

सोनिया गान्धी प्रधानमन्त्री नबन्ने भइसकेपछि अब को प्रधानमन्त्री बन्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भइरहेको थियो । नयाँ प्रधानमन्त्रीको सम्भावित उम्मेदवारमा प्रणव मुखर्जी र डा. मनमोहन सिंहको नाम चर्चामा आउन थाल्यो । मनमोहन सिंह भन्दा प्रणव मुखर्जी पार्टीमा सिनियर थिए । त्यसैले धेरैले मुखर्जीको नाम चर्चामा ल्याएका थिए ।

तर सोनियाले डा. मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइन् । त्यसैले मनमोहन सिंहले आफूलाई ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ भन्ने गरेका थिए ।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो पुस्तक ‘ए प्रोमिस्ड ल्याण्ड’मा मनमोहन सिंह प्रधानमन्त्री बन्नुलाई जातिय विभाजनमा भारतको जितको प्रतीकको रुपमा देख्न सकिने उल्लेख गरेका छन् । ओबामा अनुसार मनमोहन सिंह प्रधानमन्त्रीको पदको उम्मेदवार थिएनन् । सोनियाले त्यो पद दिएकी थिइन् ।

मनमोहन सिंहको राष्ट्रिय राजनीतिक आधार नभएकाले उनीबाट छोरा राहुललाई कुनै खतरा हुँदैन भन्ने ठानेर सोनियाले शिख समुदायका मनमोहनलाई प्रधानमन्त्री बनाएको कतिपय राजनीतिक विश्लेषकहरु बताउँछन् ।

सन् २०१० मा भारत आएका अमेरिकी पूर्वराष्ट्रपति ओबामाले आफ्नो पुस्तकमा पनि सोनियाले मनमोहन सिंहबाट पार्टीमा खतरा नहुने भनेर विश्वास गरेको प्रसंग उल्लेख गरेका छन् । ओबामाले पुस्तकमा भारतको अर्थव्यवस्थामा आमूल परिवर्तन गर्ने मुख्य शिल्पकारको रुपमा मनमोहन सिंहको चर्चा गरेका छन् ।

मनमोहन सिंहको पाँच दशकको सफर

१९५४– पन्जाब विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि

१९५४– क्याम्ब्रिज विश्वविद्यालयबाट इकोनोमिक्स ट्रिपोस (तीन वर्षीय डिग्री प्रोग्राम)

१९६२– अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा डी. फिल

१९७१– वाणिज्य मन्त्रालयको आर्थिक सल्लाहकारको रुपमा भारत सरकारमा सामेल

१९७२– अर्थ मन्त्रालयको मुख्य आर्थिक सल्लाह नियुक्त

१९८० देखि १९८२ सम्म–  राष्ट्रिय योजना आयोगको सदस्य  नियुक्त

१९८२ देखि १९८५ सम्म– भारत रिजर्भ बैंकको गभर्नर

१९८५ देखि १९८७ सम्म– राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

१९८७ देखि १०९० सम्म– जेनेभा दक्षिण आयोगको महासचिव

१९९०– प्रधानमन्त्री कार्यालयमा आर्थिक सल्लाहकार नियुक्त

१९९१– विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त

१९९१– आसाम राज्य सभाका लागि निर्वाचित (१९९५, २००१, २००७ र २०१३ मा पनि निर्वाचित)

१९८१ देखि १९९६ सम्म– पीभी नरसिंह राव सरकारको पालामा अर्थमन्त्री

१९९८ देखि २००४ सम्म– राज्य सभामा विपक्षी दलको नेता

२००४ देखि २०१४ सम्म– भारतको प्रधानमन्त्री

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४