Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज गणेश चतुर्थी, यस्तो छ महत्व गणेश चतुर्थीमा के गर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २२ २०८१
  • 2.7K
    SHARES

काठमाडौँ । भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।

हामी सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छौं, साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मानिन्छ ।

मानिसहरूलाई आफ्नो जीवनमा आइपर्ने कुनै पनि समस्या, अवरोध वा नकारात्मक तत्त्वहरू हटाउन, नयाँ कार्यको सुरुआत गर्न, भगवानको कृपा द्वारा आशीर्वाद प्राप्त गर्न भगवान गणेशजीलाई पूजा गर्ने गरिन्छ । यो पर्व भारत र नेपालका धेरै ठाउँहरूमा यस पर्वलाई निकै उत्साहका साथ मनाइन्छ ।

विशेषगरी महाराष्ट्र राज्यमा दस दिनसम्म यस पर्वलाई विशाल रूपमा मनाइन्छ, जहाँ भगवान गणेशको मूर्ति स्थापना गरिन्छ र धुमधामका साथ पूजापाठ गरिन्छ र अन्त्यमा मूर्ति विसर्जन गरिन्छ ।

यो पर्वले समाजमा एकता र सहयोगको भावना पनि ल्याउँछ । मानिसहरू सामूहिक रूपमा मण्डप सजाएर भगवान गणेशको मूर्ति स्थापना गर्छन्, र प्राय: सबै समुदायका मानिसहरू पूजा, भजनकृतन, र विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने गर्दछन् ।

गणेश चतुर्थीमा गरिएको भगवान गणेशजीको पूजा, निष्ठा, व्रत उपासना र तपको प्रभावद्वारा गणपति भगवानको आशीर्वाद प्राप्त हुने र जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

गणेश चतुर्थीमा के गर्ने ?

गणेश, वक्रतुन्ड, लम्बोदर, विनायक, एकदन्त, गजाधर जस्ता नामले परिचित भगवान गणेशजीको लागि धेरै भक्तजनहरू यो दिन व्रत बस्छन् ।

व्रतालुहरूले केवल फलफूल वा एक छाक मात्र खान्छन् र भगवान गणेशको पूजा गरी व्रत पूरा गर्छन् । गणेश चतुर्थीको दिन मानिसहरूले भगवान गणेशको माटोको प्रतिमा ल्याएर आफ्नो घर वा मण्डपमा स्थापना गर्दछन् र स्थापना गरिएको मूर्तिमा प्राणप्रतिष्ठा गरिन्छ त्यसपछि भगवान गणेशको मूर्तिलाई फूल, माला, दुबो, अगरबत्ती, धूप, दीप, पान, सुपारी आदि चढाएर विशेष पूजा गरिन्छ ।

गणेश भगवानलाई लड्डु र मोदक चढाइन्छ, किनभने यो उहाँको प्रिय मिठाई हो। गणेशजीलाई प्रसाद स्वरूप विभिन्न प्रकारका मिठाई र फलफूल चढाइन्छ । गणेश चतुर्थीको अवसरमा मन्दिरहरूमा र घरहरूमा गणेश भगवानको स्तुति र भजन गाइन्छ । पछि मूर्तिलाई नदी, पोखरी वा समुद्रमा लगेर विसर्जन गरिन्छ ।

यस दिन देखिने चन्द्रमामा दोष हुन्छ भनेर शास्त्रमा उल्लेख भएको हुनाले, त्यसैले चन्द्रमा हेर्न हुँदैन देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहिआएको छ, तर कसैको हानी नोक्सानी गर्नु वा चोर्नु चै राम्रो पक्कै होइन ।

गणेश चतुर्थी केवल धार्मिक चाड मात्र नभएर सामाजिक, सांस्कृतिक, आध्यात्मिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण छ । यसले समुदायलाई एकताबद्ध राख्ने, परम्परालाई संरक्षण गर्ने र व्यक्तिगत तथा सामाजिक उन्नतिको माध्यम बन्ने कार्य गर्दछ । भगवान गणेशको कृपाले जीवनका सबै क्षेत्रहरूमा सफलता, समृद्धि र शान्ति प्राप्त होस् भन्ने आशयका साथ यो चाड मनाइन्छ।

-ज्योतिषाचार्य / वास्तुविद्

पण्डित नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४